पर्वतारोहणमा कानुनविपरीतका शुल्क नबुझाउन सर्कुलर
काठमाडौं : पर्वतारोहण क्षेत्रमा कानुनविपरीत तोकिएका शुल्क नबुझाउन पर्यटन विभागले व्यवसायीलाई आग्रह गरेको छ । ‘पर्वतारोहण सञ्चालक संघ नेपाल’ नामक संस्थाले प्रतिआरोही ४० हजार रुपैयाँ बुझाउन व्यवसायीलाई पत्राचार गरेको उजुरी आएपछि विभागका महानिर्देशक डण्डुराज घिमिरेले व्यवसायीलाई रकम नबुझाउन आग्रह गरेका हुन् ।
यो संस्थाले विभागको निर्देशन भन्दै व्यवसायीलाई आरोहणमा जानुअघि ठमेलस्थित संस्थाको कार्यालयमा रकम बुझाउन पत्राचार गरेको थियो । अघिल्ला वर्षमा लिनेभन्दा थप शुल्क वृद्धि गरी बुझाउन भनेपछि व्यवसायीले असन्तुष्टि जनाउँदै पर्यटन विभागमा उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
३