सीतालाई अस्पताल भर्ना गरिएन

सीतालाई अस्पताल भर्ना गरिएन

अमेरिका : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको मंगलबार अमेरिकाको जोन हप्किन्स अस्पतालमा चेकजाँज गरिएको छ । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीतालाई चेकजाँच गरिएको र चिकित्सकको सल्लाह बमोजिम अन्य प्रकृया सुरु गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

सीतालाई अस्पताल भर्ना नगरिएको र मंगलबारको रिर्पोटपछि अन्य उपचार गरिने जनाइएको छ । सीता सुगर र उच्च रक्तचापबाटसमेत ग्रसित छिन् । पत्नी सीताको उपचारका लागि प्रचण्डले यस अगाडी सिंगापुर लगेका थिए । छोरा प्रकाश दाहालको अचानक मृत्यु भएपछि सीता थप बिरामी परेकी हुन् ।

सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदूतावासले गरेको छ । नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनीका साथ सोमबार अमेरिकाको वासिङटन डिसी आइपुगेका थिए । 

तत्कालीन विद्रोही माओवादीका नेता प्रचण्डविरुद्ध कुनैपनि गतिविधि नहोस भनेर अमेरिकी सरकारलनो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको छ । यसको अर्थ उनकाविरुद्धमा कुनै पनि उजुरी हुनेछैन्। अमेरिकी सरकारले यस प्रकारको सर्कुलर यसअगाडी भारतीय नेताहरु सोयिना गान्धी र नरेन्द्र मोदीको भ्रमणका बेला जारी गरेको थियो । 

नेकपा अध्यक्ष प्रचण्डको यो तेश्रो अमेरिका भ्रमण हो । यसअघि सन् २०११ र सन् २००८ मा नेकपा अध्यक्ष दाहाल अमेरिका आइसकेका थिए । सन् २०१२ को सेप्टेम्बर ६ मा अमेरिकी सरकारले प्रचण्ड नेतृत्वको माओवादीलाई आतंककारी  सूचीबाट  हटाएको हो । 

नेकपा अध्यक्ष दाहालले यस पटकको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाट तथा छलफल गर्ने छैनन् । उनको भ्रमण नितान्त पत्नी सीताका उपचारमा केन्द्रित रहने जानकारी दिइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.