सोलुमा तामाखानी उत्खनन गरिने

सोलुमा तामाखानी उत्खनन गरिने

ओखलढुंगा : सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकामा तामाखानी उत्खनन्को प्रक्रिया अघि बढेको छ। साविक वाकु गाविसको वाप्सामा रहेको खानी उत्खनन् गर्न सरोकारवाले सहमति गरेका छन्।

खानी उत्खनन् गरी सञ्चालनमा ल्याउन वातावरणीय प्रभाव मूल्यांकन (आईई) को काम अघि बढाउन सर्वपक्षीय सहमति भएपछि प्रक्रिया अघि बढेको हो। स्थानीयले आईईको काम सुरु भएपछि गरेको अवरोधका कारण ०७१ देखि काम अबरुद्ध थियो।

गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दासहितको बैठकबाट खानी उत्खनन्को काम अघि बढाउने र तोकिएभन्दा अन्य क्षेत्रमा पनि अध्ययन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण खालिङका अनुसार खानी प्रभावित क्षेत्रका स्थानीयले आईईको काममा अबरोध गरेपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सिमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आईई काम अघि बढाउने सहमति गरेको हो। अध्यक्ष खालिङले विकास निर्माणमा सबैले सहयोग गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।

स्थानीयको अवरोधले २०७१ सालमा काम सुरु गरेको चिनियाँ कम्पनी दोङ्साङ्ले काम गर्न सकिरहेको थिएन। बैठकले उत्खनन्को प्रभाव मूल्यांकनपछि प्रभावित स्थलमा पुगेर सार्वजनिक सुनुवाइको माध्यमबाट छलफल गर्ने र कानुनले तोकेका विषय र स्थानीयका सुझाव समावेश गरेर काम अघि बढाउन सबैले सहयोग गर्ने निर्णय भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले बताए। उनले खानी क्षेत्रमा पर्ने स्थानीयले आफू प्रभावित हुँदा के कस्तो असर पर्छ भनेर चासो राखेरकाले त्यस्तो विषया आईईपछि यकिन समाधान गर्ने गरि विवाद समाधान गरिएको जानकारी दिए।

उक्त प्रस्तावित खानी माप्य दूधकोसी गाउँपालिकाको वडा ६ र ७ मा पर्छ भने खानी सञ्चालनबाट त्यहाँका तीन सय ५३ घरधुरी प्रभावित हुने देखिएको छ। बैठकले अहिले सिमांकन भएको ५४ हेक्टर क्षेत्र बाहेकमा पनि तामाखानीको संभाव्यता अध्ययनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.