महिलामैत्री पावर टिलर

महिलामैत्री पावर टिलर

गोरखा : काम गर्ने अधिकांश युवा बिदेसिएका कारण बाँझिएको खेतबारीमा महिलाले जोत्न थालेका छन्। सहिद लखन गाउँपालिका ८ छापथोकका महिलाहरू हाते ट्र्याक्टरले जोत्न थालेका हुन्।

धेरैजसो युवा बिदेसिएका र फाट्टफुट्ट भेटिने युवालाई काममा बोलाउँदा बिन्तिभाउ गर्नुपरेकाले आफैंले जोत्न सिकेको स्थानीय फूलमाया श्रेष्ठ बताउँछिन्। ‘गाउँका छोरामान्छे जति खाडीतिर गइहाले। खेतबारी जोत्नु प¥यो भने मान्छे नै पाइँदैन’, श्रेष्ठ भन्छिन्, ‘सधैं अरुलाई बिन्तिभाउ गर्नुभन्दा आफैंले काम सिक्छु भनेर मैले हाते ट्र्याक्टरले जोत्न थालेको हुँ।’ हाते ट्र्याक्टरले जोत्न खासै गाह्रो नभएको उनले बताइन्।

‘मान्छेले नै गर्ने काम हो भने हामी छोरीमान्छे पनि मान्छे नै त हो भनेर मैले आँट गरेर सिकेको हुँ’, उनले भनिन्, ‘अब म आफ्नो खेतबारी आफैं जोत्न सक्ने भएको छु। म आफैं जोत्छु।’

सहिद लखन गाउँ कार्यपालिकाको कार्यालयले केही दिनअघि स्थानीय पाँचवटा कृषि समूहलाई ५० प्रतिशत सहुलियतमा हाते ट्र्याक्टर बाँडेको थियो।

गाउँका खेतबारी बाँझो नहोस् भन्ने उद्देश्यले गाउँपालिकाको कृषि शाखाले ५० प्रतशित सहुलियतमा हाते ट्र्याक्टर वितरण गरेको वडाध्यक्ष काशीनाथ अम्गाई बताउँछन्। ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेर हाम्रो गाउँपालिकाको कृषि शाखाले १२ वटा कृषि सहकारीलाई सहुलियतमा हाते ट्र्याक्टर वितरण गरेको थियो’, उनले भने, ‘त्यसले गाउँमा धेरै सकारात्मक प्रभाव पारेको छ। महिला, पुरुष सबैले काम गर्न सम्भव भएपछि बाँझो जग्गा आवाद हुँदै छन्।’

गाउँ कार्यपालिकाले मनकामना कृषि सहकारी संस्था, घलेडाँडा कृषि सहकारी घैरुङ, पाण्डे कृषि फर्म नाम्जुङ, अर्चलेबारी कृषक समूह नाम्जुङलाई एक÷एक थान हातेट्र्याक्टर दिएको थियो। यस्तै, बुंकोटको भवानी कृषि समूह, पञ्चकन्या कृषि सहकारी संस्था र ज्यादुलखोला कृषि सहकारी संस्था, बहिखोला कृषि तथा पशुपालन फर्मलाई पनि एक÷एक थान हाते ट्र्याक्टर दिएको थियो।

नाम्जुङको सिर्जनशील कृषक समूह र बुंकोटको ग्रामीण स्वावलम्बी दुग्ध उत्पादक कृषि सहकारीलाई दुई÷दुई थान हाते ट्र्याक्टर दिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए। ‘अब कृषिमा आधुनिकीकरण जरुरी छ’, अध्यक्ष थापाले भने, ‘किसानलाई व्यावसायिक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन ट्र्याक्टरले सघाउने विश्वास लिएको छु।’

गाउँपालिकाले चालु वर्ष किसानलाई अनुदानमा हाते ट्याक्टर वितरणका लागि नौ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटबाट दोस्रो चरणमा फेरि ६ थान हाते ट्र्याक्टर दिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.