प्याराग्लाइडिङ नियमनको जिम्मा खेलकुद संस्थालाई

प्याराग्लाइडिङ नियमनको जिम्मा खेलकुद संस्थालाई

पोखरा : साहसिक खेल प्याराग्लाइडिङ, ह्यान्डग्लाइडिङको नियमन अब नेपाल हवाई खेलकुद संस्थाले गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा बुधबार प्याराग्लाइडिङ उडान सुरक्षा सचेतना कार्यक्रम गरी नेपाल हवाई खेलकुद संस्थालाई प्याराग्लाइडिङ, ह्यान्डग्लाइडिङको नियमन गर्ने गरी व्यवस्थापन तथा प्रवद्र्धनका लागि तोकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई प्राधिकारिक संस्था तोकेको प्रमाणपत्र हस्तान्तरण गरे। नेपाल नागरिक उड्डयन प्राधिकरण, मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को नियम २३ क तथा मनोरञ्जनात्मक उड्डयन प्राधिकारिक संस्थासम्बन्धी निर्देशिका २०१८ को व्यवस्थाबमोजिम प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थाले नियमन गर्ने गरी व्यवस्थापन तथा प्रवद्र्धनसम्बन्धी कार्यका लागि प्राधिकारिक संस्था तोकेको हो।

प्राधिकार संस्था तोकेसँगै नेपाल हवाई संस्थाले प्याराग्लाइडिङ, ह्यान्डग्लाइडिङसम्बन्धी गतिविधि नियमन गर्ने मात्र होइन, लाइसेन्स जारी गर्ने, नियमविपरीत सञ्चालन हुने कम्पनी र प्यारापाइलटको दर्ता खारेजीसमेत गर्ने अधिकार पाएको छ। एकल प्याराग्लाइडिङ गर्ने प्यारापाइलटलाई उडान अनुमतिको सिफारिस दिने, सुरक्षित उडानका लागि व्यवस्थापन गर्ने, नियम विपरीत कार्य गर्ने कम्पनी र पाइलटलाई कारबाही गर्नेलगायतको जिम्मेवारी पाएको क्यानका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

प्याराग्लाइडिङ कम्पनीको नवीकरण नागरिक उड्डयन कार्यालय पोखराले गर्दै आएकोमा अब नेपाल हवाई खेलकुद संस्थाले गर्नेछ। पछिल्लो समयमा पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढेसँगै नियमन, अनुगमन प्रभावकारी नभएको गुनासो आइरहेको बेलामा संस्थाले यो जिम्मेवारी पाएको हो। नेपाल हवाई खेलकुद संस्थाले यो जिम्मा पाए पनि संस्थाको कामकारबाही अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।

तोकिएको कामकारबाही प्रभावकारी नभए, लापरबाहीका कारण दुर्घटना बढ्दै गए प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई कारबाही गर्ने र दिएको अधिकार फिर्ता लिनेसम्म गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले बताए।

प्याराग्लाइडिङका लागि पोखरा विश्वमै पाँच उत्कृष्ट स्थानमध्येमा पर्छ। प्याराग्लाइडिङ खेलकै कारण पोखरामा तीन सयभन्दा बढी युवाले रोजगारी पाएका छन्। सुरुका दिनमा विदेशी पाइलटकै भरमा चल्दै आएको प्याराग्लाइडिङ व्यवसाय अहिले विदेशीलाई नेपाली युवा पाइलटले विस्थापित गरेका छन्। अहिले पोखरामा मात्र ६३ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.