परीक्षार्थीलाई पानी पैंचो

परीक्षार्थीलाई पानी पैंचो

ओखलढुंगा : चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी अचेल एक बोतल पानीले खाना बनाउँछन्। त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन्। छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ। अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन्। उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो।

डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन्। अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन्। यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो। परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन्। ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन्। उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ।’

निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन्। एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ। स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनि हाहाकार हुने गरेको बताउँछन्। उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’

खानेपानीका मुहान सुक्दै गएपछि गाउँबाट टाढा रहेका जोरधारा तथा निगालेको ढुंगेधाराबाट उपभोक्ताले पानी ल्याउने गरेको कटवालले जानकारी दिए। एसईई चलिरहेकाले अन्य विद्यालयबाट समेत परीक्षा दिन निसंखेमा डेरा गरी बस्न आएका विद्यार्थीलाई खानेपानी अभाव भएको छ। यहाँ चार माध्यमिक विद्यालयका एक हजार विद्यार्थी र तिनका अभिभावक डेरा गरेर बसेका छन्।

निसंखे बजारमा मुहान सुकेपछिको अलपत्र धारा।

स्थानीयलाई खानेपानी जाहो गर्न धौधौ परिरहेको अवस्थामा विद्यार्थी र अभिभावको समेत चाप बढेपछि पानीको समस्या थपिएको हो। धारामा दुई घन्टासम्म लाम लगेर एक गाग्री पानी ल्याउँदा बिहान बित्ने गरेको स्थानीयले बताए। डेरामा विद्यार्थी थपिएकाले पानी पु¥याउन दिनभर बोक्ने गरेको निसंखेका होटल सञ्चालक अर्जुनबहादुर थापा मगरले बताए।

निसंखेमा खानेपानीको दीर्घकालीन समाधानका लागि तीन वर्षअघि सिद्धिचरण नगरपालिका–३ अँधेरीको छिपछिपे खोला हुँदै आयोजना सुरु भएको थियो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सुरु गरेको आयोजना पूरा नहुँदा स्थानीयले हरेक वर्ष पानीको समस्या व्यहोर्दै आएका छन्। यस वर्षको बजेटले ट्यांकी निर्माण भइरहेकाले अर्काे वर्ष निसंखेमा खानेपानी पुगिसक्ने वडा अध्यक्ष कृष्णबहादुर कार्कीले बताए।

अहिले बजारका बासिन्दा निगालेस्थित ढुंगेधाराबाट गाडीमा पानी बोकेर उपभोग गर्छन्। नेपाल रेडक्रसको उपशाखा, प्रहरी चौकी, स्वास्थ्य चौकी, कृषि सेवा उपकेन्द्र, अतिरिक्त हुलाकका कार्यालय र्काचारी तथा उमा कटवाल क्याम्पस, हिमालय माविलगायतका विद्यार्थी खानेपानीको समस्यामा छन्। नजिक पानीको मुहान नभएपछि विद्यालयमा पानीको समस्या रहेको विद्यालयका प्रधानाध्यापक हरि भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.