कर्णालीमा नदी सम्मेलन सुरु

कर्णालीमा नदी सम्मेलन सुरु

सुर्खेतः नदी संरक्षणका लागि पहिलो पटक कर्णालीमा शिखर सम्मेलन सुरु भएको छ।बिहीबार दैलेखको आठबिस नगरपालिकाको राकममा राष्ट्रिय नदी शिखर सम्मेलन सुरु भएको हो। वर्षेनी नदीको स्वरुप परिवर्तन हुनुले नदीबाट आश्रीतहरुको जीवनशैलीमा परेको असर र नदीको संरक्षण गर्ने उद्देश्यको साथ सुरु भएको सम्मेलनको बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो।

सम्मेलनमा नदीको महत्व, वातावरणीय प्रभाव मूल्यांकनबिना नदी प्रयोग गरेर बन्ने ठूला आयोजनाले पार्ने नकारात्मक प्रभाव, कर्णाली नदीको सम्भावना, नदीको भविष्यलगायतका बारेमा छलफल गरिने आयोजकले जानकारी दिएको छ। 

शिखर सम्मेलनमा नेपाल र नेपाल बाहिरका वैज्ञानिक, नदी संरक्षण अभियान्ता, पत्रकारलगायतको सहभागिता रहेको छ। बिहीबार वीरेन्द्रनगरमा सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीबाट प्रदेशसँगै देशले नै फाइदा लिन सक्ने बताए।

कर्णाली नदीको इतिहासदेखि वर्तमानसम्मको सदुपयोगबाट उचित फाइदा लिन सकिने भन्दै मुख्यमन्त्री शाहीले कर्णाली नदीसँग सभ्यता समेत जोडिएको हुँदा यसलाई आर्थिक आम्दानीसँग पनि जोड्न सकिने उल्लेख गरे। 'इतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोड्ने ठूलो आर्थिक करिडोर रहेको थियो,'मुख्यमन्त्री शाहीले थपे,'अब पनि कर्णालीलाई मुलुककै ठूलो अर्थतन्त्र निर्माण गर्नका लागि जुटनुपर्ने अवस्था आएको छ।'

पूर्व मन्त्री तथा नदीविज्ञ दिपक ज्ञवालीले माथिलो कर्णाली जलविद्युत आयोजनामा जिएमआरसँग गरिएको सम्झौता नै घातक रहेको भन्दै उक्त विद्युत निर्माणले नेपालीलाई फाइदाभन्दा पनि घाटा धेरै भएको बताए। दैनिक हुने नदीको दोहन र वातावरणीय प्रभाव मूल्यांकनबिना नै कर्णालीमा बन्न लागेका ठूला आयोजनाका कारण संकटमा पर्ने भन्दै उनले यसमा सरोकारवालाको ध्यान पुग्नुपर्ने उल्लेख गरे।

शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका पाँच महत्वपूर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षणलगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिए।

सम्मेलनमा छलफलपछि नदी संरक्षणका विषयमा कर्णाली घोषणापत्र जारी गरिने भएको छ।केही समयअघि कर्णाली नदीको उत्पत्ति स्थल तिब्बतदेखि गंगा नदीसम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो।

सम्मेलनमा नदी विज्ञ, भूगर्वविद्, देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सांसद, नदीसँग सरोकार राख्ने सरकार तथा गैरसरकारी संस्था, देशका विभिन्न ठाउँबाट सरोकारवालाको सहभागिता रहेको आयोजकले बताएको छ।

सम्मेलनमा सहभागीलाई अछाम र दैलेखको सीमानामा पर्ने कर्णाली नदीको छेउमा टेण्ट राखेर बस्ने व्यवस्था मिलाइएको छ। सम्मेलन 
दैलेखको राकममा तीनदिनसम्म चल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.