नङ टोक्नेको अचूक ‌‌औषधि

नङ टोक्नेको अचूक ‌‌औषधि

मकवानपुरकी सविता तामाङ (२४) सानैदेखिको नङ टोक्ने बानीले हैरान थिइन्। नङ टोक्ने बानी हटाउन उनले अनेक प्रयास गरिन्। कहिले पञ्जा लगाएर हिँडिन् त कहिले नेल पेलिस लगाएर। पञ्जा खोल्नासाथ उनी नङ टोक्न थालिहाल्थिन्। भर्खरै लगाएको आलो नेल पोलिस त कति खाइन् कति उनले। साथीहरूका लामा र आकर्षक नङ देखेर उनी लोभिन्थिन्। उनीहरूले ‘सधैं नङ ठुटा पार्छे’ भनेर जिस्क्याउँदा खिन्न हुन्थिन्। उनकी हजुरआमाले ‘नङ टोकेर खानामा समेत जुठो पर्छ’ भन्दा उनलाई ज्यादै नरमाइलो लाग्थ्यो।

चार वर्षअघि उनकी साथीले एक पटक नेल आर्ट गरेर हेर्न सुझाइन्। लगत्तै उनी न्युरोडस्थित एक नेल आर्टिस्टकोमा पुगिन् र नेल एक्सटेन्सन नै गराइन्। ‘प्लास्टिकका नङ लगाएपछि पनि नङ टोक्न खोज्थेँ। तर पहिलाभन्दा असजिलो हुँदै गयो। यसले नङ टोक्ने बानी हराउँदै गयो। पछि जेल एक्सटेन्सन अर्थात् जेलको नङ लगाएँ। त्यसका लागि तीन हजार पाँच रुपैयाँ खर्चिएकी थिएँ। दुई महिनाभन्दा बढी जेलका नङले काम गरे। मेरो नङ टोक्ने बानी पनि हरायो।’ सविता अरूले नङ टोकेको देख्नासाथ विभिन्न उपाय सुझाउँछिन्। अन्तिम विकल्पको रूपमा नेल आर्ट गर्न भन्छिन्।

हिजोआज युवाहरू फेसनका रूपमा लत्ताकपडालाई मात्र लिँदैनन्। उनीहरू कपाल, अनुहार, नङ आदिको स्याहार र कलामा पनि भिजेका छन्। यसका लागि घरमै बसेर डिजाइन हेर्न सकिन्छ। सामाजिक सञ्जाल पनि फेसनमा आएका नयाँनयाँ ट्रेनले रंगिएका हुन्छन्। पोखराकी रुवि गुरुङले यो वर्ष नङ पालिन्। गुगलमा नेल आर्ट सर्च गरिन्। केही तस्बिर डाउनलोड गरेर नेल आर्टिस्टकहाँ पुगिन्। आर्टिस्ट राजन यादवले जेल एक्सटेन्सन गरिदिए। साथीहरूबाट पाएको प्रशंसाले उनी मक्ख छिन्।

शंखमूलकी रजनी श्रेष्ठले कक्षा ११ मा पढ्दा पढ्दै नेल आर्ट सिकिन्। दरबारमार्गस्थित ‘जङ स्ट्रङ’मा एक महिना र सीटीईभीटीको लेभल एक पूरा गरेपछि उनी पोख्त मात्र भइनन् उनमा आत्मविश्वास पनि बढ्यो। उनी पनि नङ टोक्ने बानीले दिक्दार थिइन्। आफैं नङ सजाउने काम गर्ने भएकाले उनको बानी हट्यो। ‘नेल आर्ट सिकेपछि तत्कालै काम पाएँ। कुनै दिन खाली बस्नु परेको छैन। कमाइ पनि राम्रो छ। नयाँ डिजाइनमा अपडेट भइरहन्छु। कतिपय ग्राहक आफैं डिजाइन बोकेर आउनुहुन्छ। यसबारेमा लामो छलफल पनि गर्छाैं। ज्यादै रमाइलो लाग्छ।’

पिपुल्स प्लाजास्थित नेल आर्ट सेन्टरमा कार्यरत रजनीकहाँ विवाहको सिजनमा कामको चापाचाप हुन्छ। त्यहाँ सबै उमेरसमूहका दिदीबहिनी नङ बनाउन आइपुग्छन्। रजनी विभिन्न प्रतिस्पर्धामा भाग लिने युवतीहरूको पनि नङ बताउँछिन्। उनी ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८’ मा सेकेन्ड रनरअप पनि भएकी थिइन्।

काठमाडौं नक्सालकी प्रिया अधिकारी (२५) लाई लामालामा नङ पाल्न र रातो नेल पोलिस लगाउन औधी मन पर्छ। उनी कलेज छुट्टी हुनासाथ नेल आर्ट गराई हाल्छिन्। अघिल्लो वर्ष दुर्घटनामा परेर उनका दुई वटा नङ बिग्रिए। लेख्ने हातको नङ नै बिरूप बनेपछि उनको सातो गयो। पलाएको नङ पनि राम्रो आएर त्यपछि उनी नेल एक्सटेन्सन गर्न थालेकी छन्। दुई वटा नङका लागि अन्य नङमा पनि प्लास्टिकका नङ राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ भाँच्चिँदा भने उनलाई दिक्क लाग्छ। तर साथीहरूले नङ राम्रा छन् भनेपछि उनी मक्ख पर्छिन्। लामा नङ देखिने गरी सेल्फी खिचेर सामाजिक सञ्जालमा सेयर गर्न उनलाई उनलाई ज्यादै मज्जा लाग्छ।

नङ फुल्ने बानीले सेवन्तिका काफ्ले हैरान थिइन्। सानो छँदा नङ फुल्दा नयाँ कपडा लाउन पाइन्छ भन्ने चलन थियो। दसैंमा र शैक्षिक सत्र सुरु हुने बेलामा नयाँ कपडा लगाउँदा उनको खुसीको सीमा नाग्थ्यो। उनका नङ पनि थेप्चा र फ्यात्त परेका थिए। उनलाई भने साना र सलक्क परेका नङ मन पर्थे। यसबाट छुटकारा पाउन अरू स्थायी उपाय पनि थिएन। उनलाई पनि साथीले बागबजारस्थित नेल आर्टिस्ट कमल गुरुङ कहाँ पु¥याइन्। सेवन्तिका पनि नेल आर्ट नै रोजिन्। उनी कहिलेकाहीँ जेल एक्स्टेन्सन गर्छिन्। आफैंलाई मन नपर्ने आफ्ना नङ छोप्न पाएकोमा उनी सन्तुष्ट छन्।

नेल आर्ट छोटो समयमै सिकेर आयआर्जनमा लाग्नेको उदाहरण सहरमा धेरै भेटिन्छ। ब्युटिसियनले गर्ने अन्य कामभन्दा सजिलो र छिटो कामको रूपमा लिइन्छ नेल आर्टलाई। स्वदेशमा मात्र होइन युरोप, अमेरिकालगायतका देशमा पनि नेल आर्ट सिकेर गएका नेपाली युवतीहरू राम्रो कमाइ गरिरहेका पाइन्छन्। अस्टे«लिया, जापान, कोरिया जाने चक्करमा रहेकका युवती पनि नेल आर्ट सिक्न भन्दै बजारमा हिँडिरहेका भेटिन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.