आइएफसीले नेपालमा एक अर्ब डलर लगानी गर्ने

आइएफसीले नेपालमा एक अर्ब डलर लगानी गर्ने

काठमाडौं : विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ। 

शनिबार लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका लागि योजना बनाएको बताए।

‘आइएफसीले आगामी चार वर्षको लक्ष्य लिएर एक अर्ब लगानी गर्ने योजना बनाएको छ’, उनले भने, ‘हामी लगानीको लागि उपयुक्त बजार निर्माणका लागि आह्वान गर्न चाहन्छौं।’

पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको उल्लेख गरे। साथै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिबद्ध रहनुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले आफ्नो बजार खुम्च्याउनु हुँदैन। यसले विदेशीलाई स्वागत गर्नुपर्छ।’

उनले विश्वका ठूला परियोजनाको उदाहरण दिँदै लगानी रोजगारमुखी हुनुपर्नेमा जोड दिए।  आइएफसीले निजी क्षेत्रको विकाससँग सम्बन्धित काम गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.