पानी परेपछि सोलुखुम्बुमा उडान प्रभावित
ओखलढुंगा : पानी परेपछि सोलुखुम्बुका विमानस्थल र हेलिप्याडमा उडान अवरुद्ध भएको छ। विहानैदेखि हुस्सु लागेर पानी परेपछि अत्याधिक चाप रहेको तेञ्जिङ हिलारी विमानस्थल, फाप्लु स्याङबोचे, नाम्चेलगायतका विमानस्थलमा उडान अवरुद्ध भएको हो।
मौसम खराब भएपछि अपराह्नसम्म एउटा पनि उडान नभएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
पर्यटकीय सिजन सुरु भएपछि नाम्चे, लुक्ला र फप्लुमा उडानको अत्याधिक चाप हुने गरे पनि आज उडान नहुँदा पर्यटक आवतजावतमा समस्या भएको छ। सोलुमा मौसम खराब भएपछि हेलिकप्टार रुम्जाटार र लामीडाँडामा रोकिएका छन्।
तीन दिन यता लगातार मौसममा खरावी हुँदा पर्यटकीय क्षेत्रका उडान प्रभावित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !