भाइले काटिदिए दाजुका दुवै हात

भाइले काटिदिए दाजुका दुवै हात

ओखलढुंगा : खोटाङमा एक युवाले आफ्नै दाजुका दुवै हात काटिदिएका छन्। केपिलासगढी गाउँपालिका  ७, सुङ्देलका २२ वर्षीय बालकुमार राईले आफ्नै दाजु २५ वर्षीय अष्टबहादुर राईका दुवै हात काटेका हुन्। 

घरायसी विवादका कारण घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केशीले बताए । घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए। 

हात काट्ने भाइ बालकुमारलाई भने प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेको छ। पारिवारिक विवाद भए पनि घटनाबारे अनुसन्धान भइरहेको डिएसपी केशीले बताए। बिहीबारको घटना भएपनि प्रहरीले ढिला गरी सूचना पाएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.