शोक प्रस्ताव पारित गरी प्रदेशसभा बैठक स्थगित

शोक प्रस्ताव पारित गरी प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम : बारा र पर्सामा विनासकारी हुरी बतासमा ज्यान गुमाएकाहरूप्रति शोक प्रस्ताव पारित गर्दै प्रदेश २ मा प्रदेशसभा बैठक स्थगित भएको छ।

बुधबार बसेको प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले शोक प्रस्ताव सदनमा प्रस्तुत गरे। सो प्रस्तावमा गत आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हुरी बतासका कारणले २८ जनाको असमायिक निधन भएकोमा गहिरो शोक प्रकट गरिएको हो।

मृतकहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्नुका साथै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो।

सभामुखले प्रस्तुत गरेको प्रस्ताव सदनबाट पारित भएको थियो। प्रस्ताव पारित भएसँगै समाभुख यादवले अर्को सूचना नआएसम्मका लागि सदनको बैठक स्थगित गरिएको घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.