हत्याका अभियुक्त पक्राउ गर्न इन्टरपोल गुहार्दै प्रहरी

हत्याका अभियुक्त पक्राउ गर्न इन्टरपोल गुहार्दै प्रहरी

दमौली : दुई साताअघि भएको एक हत्याको घटनामा संलग्न अभियुक्त पक्राउ गर्न तनहुँ प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।तनहुँको म्याग्दे गाउँपालिका-६ को शेराटारमा स्थानीय सुनिल पराजुलीको खुकुरी प्रहारबाट म्याग्दे २ गुणादीका ३३ वर्षीय बालकुमार श्रेष्ठको ज्यान गएको थियो।

स्थानीय वस्तु निकासीको ठेक्‍का पाएका श्रेष्ठसँग रकम माग गरेका पराजुलीले कुरा नमिलेपछि खुकुरी प्रहार गरेका थिए। घटनाको केही दिनमै उपचारका क्रममा गम्भीर रहेका श्रेष्ठको ज्यान गएको थियो। 

घटनालगत्तै पराजुली भारत फरार भएकाले पक्राउका लागि इन्टरपोलमार्फत पत्राचार गर्न लागिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। 'लोकेसनका आधारमा भारतमा लुकेको आशंकामा पक्राउका लागि नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत पत्राचार गरिएको हो,' उनले भने। 

घटनामा संलग्नताको आशंकामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। फरार पराजुलीलाई पक्रेमा घटनाबारे सही निष्कर्षमा पुग्न सकिने प्रहरी ठम्याई छ। घटनाले असुरक्षा बढाएको भन्दै दोषी पक्रन स्थानीय तथा मृतकका आफन्तले प्रशासनलाई दवाव दिएका छन्।

प्रहरीले सहयोगीलाई पक्रे पनि पराजुलीलाई पक्रन नसकेकाले खोजी तीव्र पारेको थियो। खोजीका क्रममा उनी नेपालबाट भारत गएको निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्रन इन्टरपोलको सहयोग लिन लागेको हो।

प्रहरी नायब उपरीक्षक अर्यालले इन्टरपोलमार्फत केही दिनभित्रै पराजुलीका नाममा पक्राउ नोटिस जारी गरिने जानकारी पाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.