राउटेका इभा
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ । अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ । उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा–भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ ।
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन । हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी । यस ‘शब्दकोश’ स्तम्भमा तपाईं आफ्नो समुदाय–क्षेत्रका भाषा–भाषिका–बोली संकलन गरेर पठाउन सक्नुहुन्छ ।
लेकबेसी नगरपालिका— १ जहरे सुर्खेतको खोलाकिनारमा २० वटा पाल टाँगिएका छन्। मुखिया सूर्यनारायण शाही सिकारका लागि निस्किसकेका छन्। बस्तीमा नयाँ मान्छेलाई अचानक देखेपछि सबैले हेरेको हे¥यै भए । सेतो खद्दर बेरेका धनबहादुर शाही अगाडि आए । मैले उनलाई राउटे शब्दका बारेमा केही कुरा गर्न आग्रह गरे । ‘उही ता हो नि नेपाली नेपाली’ उनले खासै चासो दिएनन्। सामान्य कसरत पछि उनले टाउको तलमाथि हल्लाएर अनुहार उज्यालो बनाए ।
उनकै अनुहारलाई शब्दमा उतारेर उनलाई बत्तीलाई के भन्छन् सोधे ‘राउटेले बत्ती बाल्दैन, अनि का शब्द हुन्छ’ उनले जवाफ फर्काए । मैले शब्दहरू थप्दै थप्दै लगें अनि उनी बक्दैबक्दै गए ।
बिहे ः जन्ती
बजार ः दोकान
तरकारी ः साग
सुन्दरी ः सप्रिएको
रूख ः हाँगो
मीठो ः गुलियो
श्रीमती ः बूढी
खुसी ः खुबिका
पैसा ः पस
कपाल ः सावौ
पानी ः ची
घर ः नाउँ
आँखा ः आत
माया ः नमवडाँ
कान ः कान्न
औंला ः आगुल्या
गीत ः फागा
आकाश ः धरा
चरा ः बुवा
खुट्टा ः इभा
बत्ती ः (बत्ती बाल्दैनन्–बोल्दैनन्)
प्रस्तुति : वसन्त आचार्य