सुत्केरी भएकै दिन चिरपट हानेर श्रीमती घाइते, श्रीमान पक्राउ

सुत्केरी भएकै दिन चिरपट हानेर श्रीमती घाइते, श्रीमान पक्राउ

कुश्मा : सुत्केरी भएकै दिन आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्। पर्वतको फलेवास नगरपालिका-२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

आइतबार बिहान घरमा नै नवशिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्।  आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइएको हो। 

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन्।  मदनले मदिराको नसामा सुत्केरी श्रीमतिमाथि हातपात गरेका हुन्।

रक्सीले मात्तिदै घरमा आएका उनले एक्‍कासी आफूमाथि हातपात गरेको पीडित महिला मुनाले बताइन्। घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफू बाँच्न सफल भएको पीडित महिलाले बताइन्।  

छिमेकीकै सहयोगमा प्रहरीले जानकारी पाएपछि फलेवास नगरपालिका- १ कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन्।पीडितबाट लिखितरुपमा उजुरी नआइसकेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तसँग सम्पर्क भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। 

पीडित महिलाका माइती पक्षका आफन्त कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायत व्यक्तिले उनलाई अस्पतालमा लैजान सहयोग गरेका थिए। आफूसँग उपचारका लागि आवश्यक रकम नभएका कारण सहयोगी मनसँग आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.