टेडी र भालु
‘खोइ थाहा छैन यार। क्युट भन्न खोजेको हो कि ? तर भालु क्युट नै त हुँुदैन। के होला त ?’ आमासँग पहिलोपटक मेरो प्रश्नको जवाफ थिएन।
मेरो कक्षाका हरेक बेन्चमा केटा र केटीलाई सँगै बसाइन्थ्यो। बढीमा तीनजना बस्न मिल्ने बेन्चका दुई छेउमा केटा हुन्थे भने बीचमा एक केटी हुन्थिन्। छेउमा दुई केटी भए बीचमा एक केटा हुन्थे। मैले देखेका काठमाडौँका अरू विद्यालयमा पनि यही नियम थियो ।
कक्षा पाँचमा पढ्दा म पहिलो बेन्चमा दुई केटाबीच बस्थेँ। काम परेका बेलाबाहेक अरू समय खासै बोलचाल हुँदैनथ्यो। काम पनि कहिलेकाहीँ पेन्सिल वा इरेजर ल्याउन बिर्सेका बेला मात्रै पथ्र्यो। बीचका केही ब्रेकमा मात्र केटीकेटीबीच र केटाकेटाबीच संवाद हुन पाउँथ्यो। स्कुलको व्यवस्थापनको शक्ति नै सायद विद्यार्थीको त्यही मानसिकतामाथि निर्भर थियो। कक्षामा हल्ला नहोस् भनी तिनले यसलाई हतियारका रूपमा प्रयोग गरेका थिए।
एक दिन आँखा जचाएर स्कुल फर्कंदा ढिलो भइसकेको थियो। पहिलो कक्षामा बस्न पाइनँ। दोस्रो घन्टीमा पुग्दा मलाई देखेर रिदम झस्कियो। त्यस दिन उसको अनुहार बाँकीका दिनभन्दा केही फरक देखिएको थियो।
रिदम, अर्थात् मेरो बेन्च पार्टनर। ऊ सधैँ छेउमा बस्थ्यो। मलाई आप्mनो स्थानमा बस्न दिन जानका लागि ऊ बेन्चबाहिर निस्कनुपथ्र्यो। त्यस दिन ऊ निस्किएन, उभिएर पछाडिको बेन्चतर्पm ढल्कियो। हाम्रो डेस्क र ऊबीच बनेको साँघुरो खाली ठाउँ हुँदै म आप्mनो सिटतर्पm लागेँ।
डेस्कमा किताबकापी राख्ने ठाउँको ठीक मुनि एक अतिरिक्त तला हुने गथ्र्यो। त्यहाँ हामी टिफिन बक्स, पानीको बोतलजस्ता सामान राख्थ्यौँ। त्यस दिन त्यो सिंगो ठाउँ उसका सबै किताबकापीले भरिएका थिए। उसको ब्यागतर्पm आँखा लगाएँ।
भित्र केही ठूलो सामान छ भन्ने प्रस्ट देखिन्थ्यो। सोध्न उचित लागेन। त्यस दिन छेउका साथी र मेरा कुनै सामानले त्यस तल्लामा स्थान पाएनन्। दिनभर उसका व्यवहार अरू दिनका जस्ता थिएनन्। अरू दिन हामी खासै बोल्दैनथ्यौँ। त्यस दिन उसले मसँग बोल्न केही न केही अवसर खोजिरहेको थियो। ‘विभु, स्केल देऊ न एकचोटि ।’ उसले यसरी केही सामान माग्दा म सधैँ दिन्थेँ। हाम्रो बोलचाल यस्तै बेला मात्र हुने गथ्र्यो।
स्कुल सकिएर घर जाने बेला बसमा चढ्न सबै विद्यार्थी लामबद्ध हुन्थे। पहिलो बेन्चमा बस्ने हँुदा हामी सधैँ कुदेर गई लाइनको अग्रपंक्तिमै उभिन पाउँथ्यौँ। लाइनमा अगाडि बस्न ‘जसको शक्ति, उसकै भक्ति’को नियम चल्थ्यो। तर, त्यस दिन रिदम निस्किएन। ऊ ननिस्किएकाले हामी पनि निस्कन पाएनौँ। लाइनको अगाडि अरू नै पुगिसकेका थिए।
मलाई केही बेर बस्न अनुरोध गर्दै उसले भन्यो, ‘एकछिन बस न है। सानो सहयोग चाहिएको थियो ।’ उसले के प्रकारको सहयोगको अपेक्षा राखेको हो, मलाई थाहा थिएन। तर पनि उसको अनुरोध नकारिनँ। कुनाका साथीलाई लाइनमा जान दियौँ।
सबै गइसकेपछि उसले यताउता हेर्यो। बिहानदेखि उसको अनुहारमा बेचैनी देखिरहेकै थिएँ। पछाडि बोक्ने ब्यागको चेन खोल्दै गर्दा त्यो बेचैनी बढ्दै गएको स्पष्ट देखिरहेको थिएँ। ब्यागभित्र रहेको भुक्क परेको सेतो झोला उसले मलाई दिँदै भन्यो, ‘घर पुगेर मात्र खोल है, प्लिज ।’ त्यसभित्र के थियो भन्ने अनुमान पनि गरिनँ। झोला लिएँ र घर गएपछि मात्र खोल है भन्ने उसको अनुरोध पनि स्विकारेँ। मेरो स्कुले ब्याग अलि ठूलो थियो। सकिनसकी त्यो झोला कोचेर ब्यागभित्रै अटाएँ ।
बसमा अगाडि चढ्ने विद्यार्थी आपूmले रोजेको सिटमा बस्न पाउँथ्यो। त्यस दिन त्यो अवसर मैले गुमाएँ ।
रविभवनदेखि कीर्तिपुरसम्मको बाटोमा त्यस झोलामा के होला भन्ने सोचले छोडेन। घर कति बेला पुगौँला र झोला खोली हेरौँला भन्ने छटपटी भइरह्यो। अरू दिन छिटो चलेको जस्तो लाग्ने बसको गति त्यस दिन निकै सुस्त लागिरहेको थियो।
ट्याङ्लाफाँटमा बस रोकियो। वरपर बस्ने सबै ओर्लिए। मलाई झोला खोलेर हेर्न हडबडी भइसकेकाले म घरतर्पm कुद्न थालेँ। पछाडिबाट बहिनी कराई, ‘ह्या ! नदगुर् के। पख्, सँगै जाम् ।’ कुदेर अलि अगाडि पुगिसकेको मैले पछाडि फर्केर चिच्याएँ, ‘मलाई टोइलेट जान हतार भइसक्यो के ।’
घर पुगेर सीधै आमाको पढ्ने कोठातिर हान्निएँ। कुदेकाले स्याँस्याँ भइरहेको थियो। रिदमले स्कुलमा दिएको सामान निकालेँ र आमाका अगाडि राखेँ।
‘के हो यो ? ’ आमाले सोध्नुभयो। मैले दिनभरिका घटना बेलिबिस्तार लगाउँदै गर्दा आमाले झोला खोलेर हेर्नुभयो। त्यसभित्र उपहार बेर्ने रंगीबिरंगी प्लास्टिकमा केही बेरिएको थियो। टाँस्न प्रयोग भएका सेलो टेप उप्काउनै केही समय लाग्यो। ‘भ्यालेन्टाइन्स डेको गिप्mट हो कि क्या हो ?’ आमाले जिस्काउँदै सोध्नुभयो। ‘भ्यालेन्टाइन्स डे’ भन्ने शब्द पहिलोपटक सुनेकै त्यही बेला थियो।
‘के हो त्यो भनेको ?’ मैले उत्साहित हँुदै सोधेँ। आमाले बढीमा दुई वाक्य मात्र बोली त्यसको अर्थ बुझाउनुभयो।
सेलो टेप निकालेर गुजुल्टो बनाउँदै जाँदा क्रिकेटको सानो बलजत्रै भइसकेको थियो। ‘आहा ! टेडी बेयर ।’ आमाले त्यति बेला दिएको प्रतिक्रिया मलाई अभैm याद छ, ‘मैले भनेको थिएँ नि भ्यालेन्टाइन्स डेको गिप्mट हो भनेर ।’
खैरो रङको टेडी बेयरले हातमा रातो रङको मुटु आकार समातेको थियो। त्यसमा सेता कर्सिव अक्षरले ‘आई लभ यू’ लेखिएको थियो। ‘आजकलका बच्चाहरू कति अगाडि हुन्। हामीलाई त तिमीहरूको उमेरमा यस्तो केही थाहा हुँदैनथ्यो,’ आमाले हाँस्दै भन्नुभयो।
झोलाभित्र टेडीसँगै आएको कागजको टुक्रामा एक अंग्रेजी गीतका शब्द लेखिएका थिए। अन्तिम लाइनमा ‘डू यू लभ मी ?’ लेखेको देखाउँदै आमाले सोध्नुभयो, ‘यसलाई के उत्तर दिने त ? तँलाई यो केटा मन पर्छ ?’
रिदम र मेरो सम्बन्धको सेतु हामी बस्ने गरेको बेन्च थियो र त्यस सम्बन्धको दायरा थिए हामीले कहिलेकाहीँ लैजान बिर्सने पेन्सिल र इरेजरलगायतका सामान। पहिचानको यो परिधिभित्र कोही कसरी मन परोस् ?
टाउको हल्लाउँदै जवाफ दिएँ, ‘अहँ, मन पर्दैन !’
एकैछिन सोचेपछि आमाले सिकाउनुभयो, ‘त्यो फुच्चेलाई साथी बनौँ भन् ।’
आमा बेलाबेला आपूm सानो छँदाका कथा सुनाउनुहुन्छ। कसैसँग प्रेम सम्बन्ध गाँस्न त परै जाओस्, सामान्य संवाद गर्न पनि डर मान्नुपथ्र्यो रे। ‘अहिलेका फुच्चाफुच्चीलाई कति चाँडै लभ पर्ने के,’ उहाँ अहिले पनि हाँस्दै भन्नुहुन्छ।
भोलिपल्ट स्कुल पुग्दा रिदमका आँखा मलाई नै खोजिरहेका थिए। बिहानको असेम्ब्लीमा जानुअघि मित्रताको प्रस्ताव अघि सार्दै भनेँ, ‘लेट्स बी फ्रेन्ड्स् ।’ अघिल्लो दिन पाएको उपहार पनि फिर्ता गरेँ। ऊ केही बोलेन।
सामान्य तरिकाले केही दिन बिते। एक दिन
बास्केटबल खेलिरहेका बेला रिदमले आप्mनो मिल्ने साथीसँग कानेखुसी शैलीमा बोलेको एक वाक्य मेरा कानमा पर्यो, ‘त्यो भालुलाई हेर् न ।’ मैले अर्थ बुझिनँ तर मलाई नै भनेको भन्ने थाहा पाएँ।
‘भालु’ सुन्ने क्रम चलिरह्यो। मलाई सुनाइयो वा संयोगले सुनेँ, थाहा छैन। प्रत्यक्ष रूपमा भने मलाई कहिल्यै कसैले भनेन। ‘भालु भनेको के हो ?’ धेरै दिनको खुलदुलीपछि नजिककी साथीलाई सोधेँ। हडबडाउँदै उसले भनी, ‘चुप ! त्यस्तो बोल्नु हुन्न ।’ एक सहपाठी आप्mना साथीहरूका अगाडि मेरो कुरा गर्न बारम्बार त्यो शब्द प्रयोग गरिरहेको थियो। तर, मैले भने अर्थ जान्न पनि पाइनँ ।
मेरा हरेक प्रश्नका उत्तर आमासँग हुन्थे। ‘खोइ थाहा छैन यार। क्युट भन्न खोजेको हो कि ? तर भालु क्युट नै त हँुदैन। के होला त ?’ आमासँग पहिलोपटक मेरो प्रश्नको जवाफ थिएन।
‘भालु’ शब्दले महिनौँ सतायो। मुखै फोरेर कसैलाई सोधौँ भने साथीले त्यस्तो बोल्नु हुन्न भनी पहिले नै सचेत गराएकी थिई। निकै पछि त्यसको अर्थ थाहा पाएँ। थाहा पाएपछि लाग्यो– बेक्कार थाहा पाएँ।
अनुकूल मौसमका बेला भालु प्रजाति यौनक्रियामा निकै सक्रिय हुन्छ रे। त्यसमाथि पनि पोथी भालु त आफ्ना सहचरसँग मात्र नभई अन्यसँग पनि त्यत्तिकै सक्रिय रूपमा यौनकर्ममा लाग्छन् रे। पोथी भालुबाट एकै पटकमा धेरै संख्यामा जन्मने बच्चाका पिता एक मात्र हुन सक्ने सम्भावना न्यून रहन्छ रे। त्यसैले महिलाको चरित्रमाथि प्रश्न उठाउन पुरुषहरूले प्रयोग गर्ने आधारभूत गाली यसै प्रजातिका नाममा रहन गएको रहेछ।
‘तर मैले त त्यस्तो केही गरेकै छैन,’ अर्थ सुनाउने कक्षा ९ की दिदीलाई आत्तिँदै भनेँ। मलाई त्यस विषयबारे खासै थाहै थिएन। यौन र प्रजननबारे पहिलोचोटि सुनेकै स्वास्थ्य तथा जनसंख्याको कक्षामा हो। सरले पनि १२–१४ पेजको यससम्बन्धी पाठ एकै दिनमा पढाएर सक्नुभएको थियो। सर र साथीभाइका आँखामा हेर्न नसकी किताबमा भएका प्रजनन णालीका चित्र टुलुटुलु हेर्दै र हाँसो नफुत्कियोस् भनी सजग हँुदै सिंगो घन्टी बितेको थियो। कसैसँग त्यस विषयमा बहस गर्नु त परको कुरा।
‘केटाहरू त्यस्तै हुन्। उनीहरूले जसलाई गाली गर्नुपरे पनि यही भन्छन्,’ दिदीले भन्नुभयो, ‘सहनुको विकल्प नै छैन ।’ केटीहरूले यो शब्द प्रयोग गर्न नहुने भन्दै उहाँले मलाई सचेत गराइहाल्नु भयो।
अर्थ थाहा भएपछि सुन्दै जाँदा ‘भालु’ शब्दले निकै पोल्न थालेको थियो। नेपाली कक्षामा शिक्षकका मुखबाट यो शब्द निस्कँदा मात्र पनि केटाहरू एकअर्काको मुख हेर्दै हाँस्न थाल्थे भने केटीहरूबाट कुनै प्रकारको प्रतिक्रिया नै आउँदैनथ्यो।
तर, अंग्रेजी विषयका कक्षामा भने त्यो परिस्थिति कहिल्यै सिर्जना भएन। त्यही शब्द अंग्रेजीमा भन्दा कोही छात्र एकअर्काको मुख हेर्दै हाँस्दैनथे।
पारिवारिक जमघटमा कोही केटीको कुरा काट्न हाम्रा अगाडि दाइहरू यो शब्द मज्जाले प्रयोग गर्थे। ठूलाबडाका सामु भने सोझा पल्टन्थे। केटीहरूले यो शब्द बोल्न हुन्न भनी पहिल्यै सचेत गराइएकाले म भने चुप नै बस्थेँ।
एक दिन एक आईएनजीओबाट केही मानिस आपूmले देखेका वा भोगेका यौनहिंसाविरुद्ध कसरी लड्ने भनी सिकाउन स्कुल आए। ‘गुड टच’ र ‘ब्याड टच’बारे सिकाए। कसैले नराम्रो तरिकाले छोए प्रतिकार गर्न र आपूmभन्दा ठूलालाई भन्नुपर्छ भनी सुनाए।
‘म्याम, कसैले भालु भनेचाहिँ के गर्ने ?’ त्यो शब्दले आपूmलाई पुर्याएको चोटसँग लड्ने तरिका मैले जान्न चाहेँ। ‘यस्ता शब्द प्रयोग गर्नुहँुदैन’ भन्दै केटाहरूलाई केही मिनेट लामो भाषण दिई उक्त टोली फिर्ता गयो।
शरीरमा कसैले ननिको पाराले छँुदा के गर्ने त सिकाए। तर, मानसिक यातना दिँदा के गर्ने, सिकाएनन्।
केटाहरूले भालु भन्ने क्रम रोकिएन। अरूका तुलनामा मैले बढी सुन्न पर्न थाल्यो। ‘भालुलाई भालु सुन्न मन लागेन रे’ जस्ता वाक्य मेरा कानमा परिरहन्थे। भ्यालेन्टाइन्स डेमा टेडी दिने केटाबाट यो सब सुरु भएको थियो। मप्रति प्रेम वा आकर्षण रहुन्जेल उपहारमा टेडी दिन योग्य थिएँ। उसले सोचेअनुसार नभएपछि टेडीले कहिले भालुको रूप लियो, पत्तै भएन।
इन्स्टाग्राम तथा फेसबुकमा नेपाली नायिकाका राम्रा तस्बिर देख्छु, रमाइलो लाग्छ। तर, जब कमेन्ट पढ्छु, अधिकांशमा उही ‘भालु’ शब्द देख्छु। मलाई सानो समूहले भन्दा त नरमाइलो लाग्थ्यो, उनीहरूलाई त त्यति धेरैले भनिरहेका हुन्छन्। कस्तो लाग्दो हो ? उनीहरू सामाजिक सञ्जालमा आउने प्रतिक्रिया नै हेर्दैनन् जस्तो लाग्थ्यो।
म गलत रहेछु। केही वर्षअघि एक नायिकाले यस्ता व्यक्तिलाई सम्बोधन गर्दै लामो फेसबुक स्टेटस पोस्ट गरिन्। भालुलगायतका शब्दले आप्mनो मानसिक स्वास्थ्यमा असर पुगिरहेको स्पष्ट पारिन्। अहिले पनि बेलाबेला उनको प्रोफाइल खोली हेर्छु। त्यो स्टेटसले धेरैलाई खासै असर परेजस्तो लाग्दैन।
केही दिनअघिको मात्र कुरा हो, एक पूर्वसहकर्मीको तीनवर्षे लामो प्रेम सम्बन्ध टुंगिएछ। ‘एकदम टेन्सन भइरा’छ। रक्सी खान जाम् न,’ उसले पठाएको मेसेज नकार्न मन लागेन।
केही बोतल बियर ठाडो घाँटी लगाएर उसले अलिअलि पारा देखाउन थालेपछि मैले उसको मन बुभ्mन चाहेँ। ‘त्यस्ता भालु त आउँछन्–जान्छन्,’ उसले रिस व्यक्त गर्यो। मैले केही प्रतिक्रिया नै जनाइनँ। मैले एक शब्द नबोली एकटक उसका हाउभाउ हेरिरहेपछि आप्mना गल्ती महसुस गर्दै भन्यो, ‘हामी केटाहरूले जानेकै त्यति छ। छ्या !’
केही समय पत्रकारिता गरेकी Bibhu स्वतन्त्र लेखक हुन्।