माथागढीको आफ्नै पाठ्यक्रम

माथागढीको आफ्नै पाठ्यक्रम

माथागढी (पाल्पा) : माथागढी गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि स्थानीय पfठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम बनाउने माथागढी जिल्लामा पहिलो गाउँपालिका हो ।

गाउँपालिकाले यस शैक्षिक सत्रमा पहिलो चरणमा कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गर्दै छ । गाउँपालिकाले अन्य विषयजस्तै १०० पूर्णांकको ‘हाम्रो माथागढी’ पुस्तक तयार गरी चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरेको हो । केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौंसँगको परामर्श तथा स्वीकृतिमा माथागढी गाउँपालिकाले स्थानीय स्तरको पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्रममा स्थानीय १३ वटा विषयवस्तु समेटिएको छ ।

‘हाम्रो माथागढी’ पुस्तकमा माथागढीको चिनारी, ऐतिहासिक पृष्ठभूमि, स्थानीय जातजाति, भाषाभाषी, ऐतिहासिक महŒवपूर्ण व्यक्तिको जीवनी परिचय र वडाको जनसंख्याको अवस्था, स्थानीय संस्कृति, प्रचलित स्थानीय संस्कारलगायत विषय समावेश छ । त्यस्तै, स्थानीय कला र सम्पदा, स्थानीय बोलीचाली र लिपि, स्थानीय व्यवसाय सीप र प्रविधि, स्थानीय उपचार विधि, जडीबुटीको अवस्था, स्थानीय खेल, भूगोल, आर्थिक गतिविधि र जीविकोपार्जन तथा स्थानीय पर्यटनको विषयवस्तु समेटिएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताए । पुस्तकमा जडीबुटीबाट हुँदै आएका परम्परागत उपचार पद्धति तथा झारफुक धामी–झाँक्रीजस्ता रूढीवादी उपचारमा देखिएको अन्धविश्वासबारे चर्चा गरिएको छ ।

पाठ्यक्रम आधारभूत तहमा लागू गरिँदै लैजाने बताइएको छ । कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागू भएको स्थानीय पाठ्यक्रम १०० पूर्णांकको रहनेछ । जसमा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० पूर्णांकको हुनेछ । जसमा विद्यार्थीको मूल्यांकन प्रणाली कक्षा १ देखि ३ सम्म निरन्तर मूल्यांकनका आधारमा तोकिएको नमुनाअनुसार हुनेछ । कक्षा ४ देखि ८ सम्म परीक्षा प्रणालीअनुसार वस्तुगत, विषयगत तथा लामा छोटा प्रश्न समावेश गरी सैद्धान्तिक परीक्षा मूल्यांकन गरिनेछ । विद्यार्थीको कक्षामा प्रयोगात्मक कार्य मूल्यांकन गरी रेकर्डसमेत राखिने प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपालीले बताए ।

माथागढीले लागू गर्ने हाम्रो माथागढीको पाठ्यक्रमको प्रारूपमा स्थानीय पाठ्यक्रमको परिचय, साधारण उद्देश्य, माथागढीको स्थानीय पाठ्यक्रमको उद्देश्यमा आधारित छ । स्थानीय पाठ्यक्रम विकास केन्द्रका संयोजक अशेष भट्टराईले कक्षाअनुसार पाठ्यक्रम स्तरीकृत गरिँदै लगिने बताए । पाठ्यक्रम लागू गर्न गाउँपालिकाले सबै पक्षसँग सुझाव लिएको थियो ।

स्थानीय पाठ्यपुस्तक तयार पारेर लागू गर्दा बालबालिकाले आफ्नो गाउँ ठाउँ, कला संस्कृति, भेषभूषा, सम्पदामा अपनत्व बढ्ने, भावनात्मक सम्बन्ध रहने, वातावरणको विकास हुने गाउँपालिकाका अध्यक्ष थापाले बताए । गाउँपालिकाभित्र रहेका ४० वटा सरकारी र ४ वटा संस्थागत विद्यालयमा चालु शैक्षिक सत्रबाटै स्थानीय पाठ्यपुस्तक हाम्रो माथागढी पठनपाठन हुने, बालबालिकालाई पुस्तक निःशुल्क उपलब्ध गराइनेछ । माथागढी गाउँपालिकाले थालेको स्थानीय पाठ्यक्रम निर्माणले जिल्लाका अन्य ९ वटा स्थानीय तहलाई समेत मार्गनिर्देशन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.