नयाँ वर्ष : फेवा किनारमा मस्ती (फोटो फिचर)

नयाँ वर्ष : फेवा किनारमा मस्ती (फोटो फिचर)

पोखरा : सर्लाहीका सुशील घिमिरे र मिनाक्षी दाहालले नयाँ वर्ष र हनीमुन मनाउन पोखरा रोजे। बिहेको डेढ महिनापछि सर्लाही घर  भएर काठमाडौं बस्दै आएको जोडीले फुर्सद निकालेर हनीमुन र नयाँ वर्ष २०७६ पोखरामा मनाए। 

पाँचौ पटक पोखरा आएका घिमिरेले फेवाताल र हिमालकै कारण पोखरा पहिलो रोजाईमा परेको सुनाए। मिनाक्षीले भने पोखरा भ्रमण पहिलो भएको सुनाइन्। 

घिमिरे र दाहाल जोडीसँगै बिराज न्यौपाने र श्रीबल्ली तिमिल्सिनाको जोडी पनि नयाँ वर्ष मनाउन पोखरा आएका हुन्। दुई पटक पोखरा आएकी श्रीबल्लीले यहाँको प्रकृतिक सुन्दरताले  आकर्षण गरेको गरेको सुनाइन्। 

नयाँ वर्ष मनाउन फेवाताल किनारमा युवायुवतीदेखि वृद्धवृदासँगै विदेशी पर्यटकको भिड थियो। भिडकै बीचमा पनि पोखरामा आनन्द अनुभूति हुने तिमिल्सिनाको भनाइ छ।

बुटवल फसटिकरका रोहनी र दीपा थारु पनि नयाँ वर्ष मनाउन पोखरा आएका छन्। पोखराको फेवाताल र हिमालको कारण पोखरा आउन रमाइलो लाग्ने रोहनीले सुनाइन्। 

पोखरालाई नेपाली नयाँ वर्ष मनाउने गन्तव्यको रुपमा विकास गर्न पश्चिमाञ्चल होटल संघले पोखराको फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजना गरेको छ। देशका मुख्य मुख्य सहरमा एक हप्ता अघि नै नयाँ वर्ष मनाउन जाउँ है पोखरा अभियान अन्तर्गत निम्तो बढेर आएको नव वर्ष महोत्सवको आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। 

पोखरामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको कारण २९ र ३० गते यहाँका ९० प्लस होटल भरिभराउ भएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको भनाइ छ। 

नयाँ वर्षको पहिलो दिन पोखरा घुम्न आएका पर्यटक विस्तारै जान सुरु गरे पनि सोमबारसम्म यही अवस्था रहने उनले विश्वास गरे। गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा घोषण गरि प्रवद्धन गरेको छ। 

नयाँ वर्ष मनाउन पोखरा आएका आन्तरिक पर्यटक फेवातल नपुगी फर्किदैनन्। नयाँ वर्षका पहिलो दिन फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न जानेको भिड नै लागेको थियो। तालमा नौका विहार गर्ने र ताल वरपर सेल्फी खिच्ने र फोटो खिचाउदै गरेका दृश्य निकै रोचक देखिन्छ। फेवा किनारमा पुगेर कृष्णमणि बरालले कैद गरेका तस्बिर : 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.