विकासमा विभेद् गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

विकासमा विभेद् गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

तनहुँ : देवघाट–५ का वडाध्यक्षले विकासमा विभेद गरेको भन्दै स्थानीय कांग्रेस नेताको अगुवाइमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

देवघाटको भुवनटार र गोहीटार टोलमा सडक ग्राभेल नगरेको आक्रोशमा नेपाली कांग्रेसका वडा सभापति पूर्णबहादुर कुँवर नेतृत्वको टोलीले वडा कार्यालयमा सोमबार बिहानै ताला लगाइदिएका हुन् ।

उनीहरुले वडाध्यक्षले विकासमा समानता नगरेको आरोप लगाए । स्थानीय तहको चुनावमा कुँवर वडाध्यक्षका प्रत्यासी पनि थिए । उनले आफूनिकट क्षेत्रमा विकासका काम बढी दिएको तर अन्यत्र विकास नभएको गुनासो गरे ।

एउटै वडाका अन्य टोलमा सडक ग्राभेल र बोरिङबाट पानी वितरण पनि भएको तर आफ्नो टोलमा दुवै काम नभएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् ।

वडाध्यक्ष यालबहादुर गुरुङले भने आफूले विकासमा विभेद नगरेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारबाट आएका योजना सबै टोलमा नपरेको भन्दै समावेश गराउन पहल गर्ने प्रतिवद्धता जनाए पनि तालाबन्दी हुनु दुःखद् भएको उनले बताए ।

सोमबार बिहान ११ बजे तालाबन्दी भएको थियो । तर केही घण्टापछि प्रहरीको रोहबरमा भएको वार्तापछि ताला खुलाइएको छ । इलाका प्रहरी कार्यालयको इञ्चार्ज र सशस्त्र प्रहरीको रोहबरमा भएको वार्तामा वडाध्यक्ष गुरुङले स्थानीयका माग सम्बोधन गर्ने बताएपछि ताला खुलेको हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.