प्रदेश २ का हावाहुरी पीडितलाई प्रदेश ३ को एक करोड सहयोग

प्रदेश २ का हावाहुरी पीडितलाई प्रदेश ३ को एक करोड सहयोग

जनकपुरधाम : बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको सहयोगका लागि प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोड रुपैंयाको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्। 

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्। चैत १९ गते बारा र पर्सा जिल्लामा आएका हावाहुरीले २८ जनाको ज्यान लिएको थियो भने एक हजार बढी घाइतेभ एका थिए। 

हावाहुरीबाट जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड सहयोग गर्ने घोषणा गरेको थियो। चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद ज्ञापन गरेका छन्।

 
चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने बताए। विपत्तमा आ—आफनो स्थानबाट एकअर्कालाई सहयोग गर्न मुख्यमन्त्री पौडेलले सबैलाई आग्रह पनि गरेका छन्।
 
यसअघि मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका छन्। प्रदेश ३ का सांसदको तीन दिनको तलब बराबर चार लाख ६ हजार ५ सय रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ। बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिइन्। 
मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा जनकपुर आइपुगेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.