पर्वतका आधा दर्जन ठूला योजना अलपत्र

पर्वतका आधा दर्जन ठूला योजना अलपत्र

कुस्मा : बजेट अभाव र ठेकेदारको लापरबाहीले पर्वतमा आधा दर्जनभन्दा बढी ठूला योजना अलपत्र बनेका छन्। कतिपय योजना सम्पन्न भए पनि अलपत्र देखिएका छन् भने केही निर्माणकै क्रममा लथालिंग छन्। निर्माणका क्रममा प्राविधिक पक्षमा ध्यान नदिँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका केही योजना त्यतिकै छाडिएका छन्। अलपत्र बनेका योजनामा साविकको धौलागिरी अञ्चलको एक मात्र महिला बन्दी गृह, सदरमुकाम कुश्मा बजारको बसपार्क, घुम्ती–खनियाघाट भुरुङ्दीखोला पुल, ठूलीपोखरी खानेपानी र वायु उर्जा केन्द्रलगायत छन्।

साविकको धौलागिरी अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र छ। १० वर्ष अगाडि ७२ लाख रुपैयाँ लागतमा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो। १४ लाख रुपैयाँ मात्र बजेट आएपछि निर्माणाधीन बन्दी गृह अलपत्र बनेको छ। १४ लाख रुपैयाँले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुई तर्फको भित्ता निर्माण गर्ने काममात्र भएको छ।

सदरमुकाम कुस्मा बजारमा निर्माणाधीन बसपार्क लामो समयदेखि अलपत्र छ। धौलागिरीका चार जिल्ला आउजाउ गर्ने सवारीसाधन पर्वत आउँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। तत्कालीन अवस्थामा १ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण काम प्रारम्भ गरिए पनि काम अघि बढ्न सकेको छैन। तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माण सुरु गरिएको थियो।

पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्न एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण गरिएको थियो। निर्माण पूरा गरी एक वर्षसम्म विद्युत् उत्पादन गरे पनि यो आयोजना अहिले अलपत्र छ। विद्युत् उत्पादन बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौं मूल्यका सामग्री त्यतिकै छन्। कतिपय मेसिनको अवशेष मात्र बाँकी छ। एक करोड रुपैयाँ लगानी गरिए पनि त्यसपछि आवश्यक मर्मत र सुधार कतैबाट नभएपछि मर्मत अभावमा एक वर्षमै यो केन्द्र अलपत्र बनेको हो।

कुस्मा नगरपालिका–१२ ठूलीपोखरीमा २०५२ सालमा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा भए पनि अलपत्र अवस्थामा छ। २३ वर्ष अगाडि जिल्लाको गौरव मानिएको यस खानेपानी आयोजनाबाट करिव स्थानीय ४ सय घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो। पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब खानेपानीको समस्या समाधान भयो। तर उनीहरूको त्यो सपना एक वर्षमै भताभुंग भएको छ।

करिब एक वर्षसम्म धारामा पानी आए पनि त्यसपछि आउन छाड्यो। वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्न निर्माण गरिएको रिजर्भेसन ट्यांकीबीच उचाइ नमिलेकाले निर्माण पूरा हुनासाथ आयोजना बन्द भएको हो।

कुस्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्रयाक खुले पनि सडक अलपत्र छ। २०७३ सालमा जयबाबा गोरख ओखलढुंगा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडक निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। २०७५ सालको असारसम्ममा कालोपत्रेसहित काम सक्ने गरी ६ करोड ९६ लाख ९० हजार रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो।

पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दी खोलामा चार वर्षअघि पुल निर्माण सुरु भए पनि काम अघि बढेको छैन। निर्माण सुरु भएको केही महिनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र अवस्थामा छ। ६ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.