बससँग मोटरसाइकल ठोक्किँदा युवाको ज्यान गयो

बससँग मोटरसाइकल ठोक्किँदा युवाको ज्यान गयो

दमौली : म्याग्दे- १ गुणादीमा मोटराइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८४१० नम्बरको यात्रुवाहक बससँग पोखराबाट दमौली आउँदै गरेको प्रदेश नं ३ ०२ ००१प ६०३५ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चालक कास्की पोखरा महानगरपालिका ३३ निवासी ३१ वर्षका सन्दीप कुँवरको ज्यान गएको हो।

उपचारका लागि दमौली अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।घटनामा परी मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका ७ मासबार निवासी २४ वर्षीया सिर्जना रावत घाइते छिन्। चिन्ताजनक अवस्थाकी उनको रत्नहरि अस्पताल दमौलीमा उपचारपश्चात हाल पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.