गोरखामा विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित दुई पक्राउ

गोरखामा विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित दुई पक्राउ

गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी गाउँपालिका–८ घ्याल्चोक घर भएका रिजाललाई सोही ठाउँबाट सोमबार नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए । ६५ वर्षीय रिजाल जिल्लामा केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रावलले जानकारी दिए ।

यस्तै विप्लव नेतृत्वको नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । घादिङ कार्यक्षेत्र बताउने उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताए । पाण्डेविरुद्ध धादिङमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.