गृह नगरमै प्रधानमन्त्रीको आलोचना

गृह नगरमै प्रधानमन्त्रीको आलोचना

दमक/भद्रपुर : सत्तारुढ नेकपाले काठमाडौंमा पार्टी एकता पूरा भएको सन्देश दिइरहेका बेला सोमबार कांग्रेसका शीर्ष नेताले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन्। झापा क्षेत्र नम्बर ५ मा पार्टीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कांग्रेसका शीर्ष नेताले वर्तमान सरकार इतिहासकै असफल भएको दावी गरे। सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली सबभन्दा धेरै झुट बोल्ने व्यक्ति भएको बताए।

‘जनताको ढाड सेक्ने गरी कर वृद्धि भएको छ। कुखुराको अण्डादेखि एक बिटो परालसम्ममा कर लगाएको छ’, सभापति देउवाले भने, ‘जनताले ओलीको नाम करप्रसाद ओली राखिदिएका छन्।’ देउवाले सरकारले डाक्टर, वकिल, कर्मचारी, जनता सबैलाई दुःख दिएको आरोप पनि लगाए। उनले सरकारको रवैयाप्रति आन्दोलित हुन सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।

कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले मुलुकको विकाशमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहे पनि सरकारले विपक्षीको आवाजलाई सुन्नै नचाहेको दावी गरे। कम्युनिस्ट नेताले केही दिन जनतालाई गुमराहमा राख्न सफल भए पनि त्यो सपना कांग्रेसले पूरा हुन नदिने दावी गरे। मुलुकका ठूला–ठूला राजनीतिक परिर्वतनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको दावी गर्दै उपसभापति गच्छदारले राजाले फाल्न नसकेको पार्टीलाई उखेलेर फाल्छु भन्ने सपना नदेख्न चेतावनी पनि दिए।

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरे। उनले सरकारले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको भन्दै यसैबाट अधिनायकवादको पुष्टि हुने दावी गरे। सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकार कुरा गर्नमा हिरो काममा जिरो भएको टिप्पणी गरे। जनतालाई धेरै सपना बाँडेर चुनाव जितेको आरोप लगाउँदै उनले आफ्नो पार्टीले काम बढी कुरा कम गर्ने गरेको दावी गरे।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। कर्मचारीसमेत राजनीतिक रङ हेरेर समायोजन गरिएको उनको दावी थियो। प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चार क्षेत्रलाई अंकुश लगाएर वर्तमान सरकारले आफ्नो स्वरुप देखाइसकेको बताए।

कार्यक्रममा केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, सरीता प्रसाईं, डिना उपाध्यायलगायतले मुलुकमा दिन प्रतिदिन हत्या, हिंसाका घटना वृद्धि हुँदा सरकार नागरिकको जीवन रक्षामा उदासिन देखिएको आरोप लगाए। सरकारको आलोचनामा समय खर्चिएका शीर्ष नेताले पार्टी एकताका विषयमा पनि जोड दिए। विगतमा कांग्रेसले गरेका कमी कमजोरीलाई सच्याउँदै अवका दिनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड थियो।

‘सरकार अधिनायकवाद उन्मुख’

चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पञ्चायत कालमा नभएका गतिविधि यो सरकारले गरेको आरोप लगाएका छन्। सरकारले प्रेसमाथि अंकुश लगाउने विधेयक ल्याउने तयारी गर्नु सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको भनाइ थियो। ‘प्रजातन्त्र र स्वतन्त्र प्रेस एक अर्काका परिपुरक हुन्। तर यिनै कुरामा सरकार अंकुश लगाउनमा केन्द्रीत छ’, उनले भने।

प्रधानमन्त्रीले सुरक्षा परिषद्, राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागजस्ता निकायलाई विश्वास नगरी आफैं सेना परिचालन गर्न सक्ने विधेयक ल्याउन लागेकोतर्पm पनि देउवाले कटाक्ष गरे। ‘सरकारले आफ्नै मान्छेलाई विश्वास गर्दैन। प्रधानमन्त्री ओली आफू शक्तिशाली हुन खोज्नु अर्को अधिनायकवाद हो’, उनले भने।

ललिता निवासलगायत सरकारी जग्गा अधिग्रहण गरेको विषयमा बोल्दै देउवाले अधिग्रहण गरिएको जग्गा सुवर्ण शमशेरको जग्गा भएको दावी गरे। श्रीमती ललिताको नाम रहेको जग्गामा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास रहेको उल्लेख गर्दै उनले ती सबै जग्गा सुवर्ण शमशेरकै भएको जिकिर गरे। ‘ती जग्गा फिर्ता हुने हो भने जग्गाको हक सुवर्ण शमशेरका छोरा नाति जिउँदै छन्। उनीहरुले पाउनुपर्छ अरु कसैको अधिकार छैन’, उनले भने। सरकारले कांगेसलाई कमजोर प्रतिपक्ष देख्नु भ्रम भएको देउवाको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.