पिकअप भ्यान दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

पिकअप भ्यान दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

दमक : झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा पिकअप भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ७ का महेश साह रहेका छन् । मंगलबार पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ६५ वर्षीय साह गम्भीर घाइते भएका थिए। उपचारको लागि लाईफ–लाईन अस्पताल दमक ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

त्यसैगरी भ्यानमा सवार दमक–७ की ७ वर्षीया सोफिया तामाङ, दमक–१२ बस्ने २८ वर्षिया इन्दिरा मगर, मोरङ लेटाङ नगरपालिका–१० बस्ने ११ वर्षीया तुलसा लिम्बुलाई उपचारको लागि लाईफ–लाईन अस्पताल दमक ल्याइएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए। घाइते दमक नगरपालिका–७ बस्ने ३० वर्षीय सन्तबहादुर तामाङलाई विराटनगर पठाइएको छ।

पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.