बनेन ऐतिहासिक धरोहर

बनेन ऐतिहासिक धरोहर

गोरखा : भूकम्पले क्षतिग्रस्त चार सय वर्ष पुरानो गोरखा दरबार पुनर्निर्माण हुन सकेको छैन। २०७५ वैशाख ७ गते शिलान्यास गरिएको दरबार पुननिर्माण कार्य ठप्प रहेको दरबार हेरचाह अड्डाका कर्मचारी रामेश्वर कट्टेल बताउँछन्।

उनका अनुसार एक वर्ष अवधिमा पुननिर्माण करिब २० प्रतिशत मात्रै काम सकिएको छ। ‘एक वर्ष भइसक्यो, अहिलेसम्म जगको काम मात्रै सकिएको छ’, कट्टेलले भने, ‘ठेकेदार पनि बेलाबेला मात्रै झुल्किन्छन्। यसो काम सुरु भए जस्तो हुन्छ, फेरि रोकिन्छ।’ ठेकेदारले दुईचार दिन काम गरेजस्तो गर्ने अनि दुईतीन महिनासम्म हराउने गरेको उनको आरोप छ। आउँदो कात्तिकमा निर्माण सक्ने सम्झौता भए पनि यही गतिमा काम भए म्यादभित्रै काम पूरा हुन नसक्ने उनले दाबी गरे।

पछिल्लोपटक भने ठेकेदारले आवश्यक निर्माण सामग्री जुटाउन नसक्दा काम ठप्प भएको छ। काम ढिलो भएपछि आफूले कार्यालय प्रमुखको बैठकमा सो विषयमा छलफल गरेको कट्टेल बताउँछन्। ‘अत्ति सुस्त काम भएपछि कार्यालय प्रमुखको पछिल्लो बैठकमा मैले यसबारे कुरा उठाएँ’, अड्डाका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कट्टेलले भने, ‘बैठकले सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।’

बैठकमा गोरखा दरबार पुनर्निर्माणमा भएको सुस्तताबारे गम्भीर छलफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बताए। ‘सुस्त मात्रै होइन, पुनर्निर्माण महासुस्त छ, बेला बेला दरबार जाँदा एकजना पनि प्राविधिक देखिन्नन्’, उनले भने, ‘कार्यालय प्रमुखको बैठकको निर्णयसहित हेरचाह अड्डाले पुरातŒव विभागमा पत्राचार गर्छ। प्रशासनका तर्फबाट हामी पनि विभागको ध्यानाकर्षण गराउँछौं।’

भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग चार करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.