प्रशासनको गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

प्रशासनको गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

बिर्तामोड : झापाको कन्काई नगरपालिका १ दुर्गापुरमा जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्रशासनको ६६–१–०४१४ नम्बरको गाडीले विपरित दिशाबाटतर्फ जाँदै गरेका पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका १ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङलाई ठक्कर दिएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बिएण्डसी.अस्पताल बिर्तामोड लैजानेक्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने भ्यान र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.