निर्माणाधीन भवनकाे जगमा पुरिएर एककाे मृत्यु
राजविराज : गाउँले मजदुरलाई भेट्न आएका एक युवकको राजविराजमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। राजविराज नगरपालिका–७को हाटबजारमा निर्माणाधीन भवनको जगमा बनाउँन खनिएकाे खाल्टोमा पुरिदा बिहीबार २८ वर्षे अरसद अलीको मृत्यु भएको हो।
इन्स्पेक्टर गुरुप्रसाद तिमिल्सिनाका अनुसार माटोको ढिस्कोले पुरिएर छाति र पिठ्युमा गम्भीर चोट लागि घाइते अलीको उपचारको लागि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्दैगर्दा बाटोमा मृत्यु भएको हो।
शवको धरानस्थित प्रतिष्ठानमा बिहीबार नै पोष्टमार्टम गरिएको छ। अली हाटबजारको भवन निर्माणमा कार्यरत गाउँले मजदुरहरुसँग भेटघाट गर्न आएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !