सिमसार पुरेर घडेरी बनाउँदै महानगर, जोखिममा फेवाताल (१० फोटो)

सिमसार पुरेर घडेरी बनाउँदै महानगर, जोखिममा फेवाताल (१० फोटो)

पोखरा : रामसार क्षेत्रमा सूचीकृत नेपालकै दोस्रो ठूलो ताल फेवाको मुहान क्षेत्रका सिमसार क्षेत्र धमाधम डोजर लगाएर पुर्ने र घडेरी बनाउने क्रम बढेको छ। ताल चक्ल्याउन भन्दै पोखरा महानगरपालिकाले तालबाटै झिकेको माटो सिमसार क्षेत्र पुर्नमा प्रयोग गरिरहेको छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि तालको अतिक्रमण रोकिने, मापदण्डविपरीत घर निर्माण रोकिने तथा प्रदूषण घट्ने स्थानीयको विश्वासविपरीत अतिक्रमण झन् बढेको स्थानीयवासी बताउँछन्।

पोखरा महानगरपालिकाले ताल पुरिएर बनेको १६२ रोपनी क्षेत्रफलको चौरको माटो झिक्न दुई हप्ता अघि निजी कम्पनी रिच पोखरा कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। तालको माटो झिकेर बिक्रीबाट भएको आम्दानी लिने गरी कम्पनीलाई महानगरपालिकाले माटो झिक्ने जिम्मा दिएको हो। कम्पनीले सिमसार क्षेत्रका डाँडा खारेर दलदल क्षेत्र पुरिरहेको छ।  

सन् १९९२ को अध्ययनअनुसार हर्पन खोलाले वर्षेनी फेवातालमा करिब १ लाख ४२ हजार मेट्रिक टन गेग्रान र माटो मिसाउने गरेको छ। सन् १९५७ मा करिब २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल पछिल्लो समय ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा खुम्चिएको छ। फेवाताल पुरिने क्रम तीब्र रहेको फेवातालकै बारे विद्यावारिधि गरेका डा. देबेन्द्रबहादुर लामिछाने बताउँछन्।

फेवातालमा आउने ठूला बाढी नियन्त्रण गर्न नसकिए केही दशकमै ताल पुरिने उनले सुनाए। सबैभन्दा गहिरो १८ मिटर रहेको तालको मुहान खपौदी पुरिएर खेल मैदान बनेको डा. लामिछानेले बताए।


हेर्नुस् कसरी निकालिँदै छ फेवातालबाट माटो। फोटोहरूः कृष्णमणि बराल/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.