मौसमी फ्लुले थलियो गाँउ

मौसमी फ्लुले थलियो गाँउ

जुम्लाः जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ स्थीत सर्मी गाउँमा फैलिएको मौसमी फ्लुका कारण गाँउ नै थलिएको छ । करिब एक हप्ता अघिदेखि गाँउमा फैलिएको मौसमी फ्लु तथा रुघाखोका कारण गाउँका अधिकांश बिरामी भएका हुन् ।

मौसमी फ्लुले गाउँले सिकिस्त बिरामी भएपछि स्थानीय त्रसित बनेका छन् । बिरामीमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने र खाना नरुच्ने जस्ता लक्षण देखिएका छन् । ‘गाउँमा बिरामी नभएको घर नै छैन, एकै घरका अधिकांश परिवार थला परेका छन्’ स्थानीय सुर्य बुढाले भने, ‘गाउँमा बृद्धबृद्धा र बालबालिकामा यस्तो समस्या बढी देखिएको छ ।’ उनका अनुसार गाँउमा दुइसय बढी बिरामी परेका छन् ।

शिक्षक हेमराज कुँवरले सर्मीको जनता सेवक आधारभुत विद्यालय काटियामा अध्ययनरत अधिकांश विद्यार्थी बिरामी परेपछि पठनपाठन नै प्रभावीत भएको बताए । गाँउलेहरु धमाधम बिरामी भई थला पर्न थालेपछि उपचारका लागि दौडधुप चलेको छ ।

उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला भर्ना भएका हंश कुँवरका ६ जना परीवार थला परेका छन् । उनले भने, ‘मलाई दुई दिनसम्म आईसीयुमै राखेर उपचार गरीयो, तर अरु परिवार सामान्य उपचारपछि निको भए, तर गाँउमा यो समस्या बढ्दै छ ।’

सर्मी गाउँमा फैलिएको मौसमी फ्लुको भाईरल छिमेकी गाँउहरु सुर्कि, ताम्ती, बारागाउँ र नुवाकोटमा पनि सर्ने डरले स्थानीय त्रसित बनेको वडाध्यक्ष मकरबहादुर रावतले बताए । यता तातोपानी गाँउपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाँईले लामाबगर स्वास्थ्य चौकिसँगको समन्वयमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन भइरहेको बताए ।

‘अहिले सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दैछ, थप जटिल देखिए हामी उद्धारका लागि तयारी अवस्थामा छौ’ उनले भने । मौसमी फ्लुले पुरै गाँउ नै सिकिस्त बनेको यो जुम्लाको पहिलो घटना हो । यो गाँउ जिल्ला सदरमुकाम भन्दा करीब २० कोष टाढा छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.