१०० किलो गाँजा सहित २ पक्राउ
मलंगवा : लागुऔषध गाँजा सहित सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ गंगटेबाट दुईजनालाई पक्राउ गरेक छ। १०० किलो गाँजा सहित लालबन्दी नगरपालिका–१४ गंगटेका ३३ वर्षे सानो कान्छा योन्जन र पर्साका ३४ वर्षे प्रगन सहनीलाई प्रहरीले प्रकाउ गरेको हो।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण प्रसाद न्योपानेका अनुसार पहाडी जिल्लाबाट हरियो गाँजा ल्याई प्रशोधन गरी भारत तथा स्थानीय बजारमा बेच्दै आएको गोप्य सूचनाको अधारमा योन्जनको घरमा छापा हान्दा गाँजा र चिप्स बनाउने मेशिन सहित उनीहरुलाई पक्राउ गरिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीका संयुक्त टोलीले छापा हान्दा १०० किलो गाँजा र गाँजा च्याप्ने काठको फर्मा रेन्ची, फलामको मेसिन (जग) समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरु लामो समयदेखि लागुऔषध गाँजा ओसारपसारमा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।