रुपन्देही लनटेनिस संघमा विवाद

रुपन्देही लनटेनिस संघमा विवाद

बुटवल : आठौं राष्ट्रिय खेलकुदमा निर्माण गरिएको टेनिस कोर्ट र सदस्यताको विषयलाई लिएर रूपन्देही लन टेनिस संघमा विवाद बढेको छ। तदर्थ समितिका अध्यक्ष अशोक गुरुङले चार वर्षसम्म अधिवेशन नगराएको भन्दै अन्य पदाधिकारीले लिखित निवेदन दिएका थिए। निवेदनपछि आह्वान भएको अधिवेशन हिसाब मिलान र सदस्यता विवादका कारण स्थगित भएको छ।

विधानअनुसार तीन–तीन वर्षमा अधिवेशन गर्नुपर्ने उल्लेख भए पनि रुपन्देही संघ चार वर्षदेखि तदर्थ समितिमै छ। संघका अधिकांश सदस्यले अधिवेशन आह्वान गर्न बारम्बार आग्रह गरेपछि अध्यक्ष अशोक गुरुङले अधिवेशन आह्वान गरेका थिए। संघमा १५ सदस्य छन्। तीमध्ये पदाधिकारीसहित १२ जनाले अधिवेशन गर्न माग गरेका थिए।

वैशाख १६ गते अधिवेशन आह्वान भए पनि हिसाब मिलान र सदस्यता विवाद बढेको छ। अध्यक्ष गुरुङ आफू अल्पमतमा परेपछि लन टेनिस कोर्ट आसपासका बासिन्दालाई सदस्यता दिने पक्षमा रहेको आरोप लगाइएको छ। तर अधिवेशनकै दिन सदस्यता विस्तार गर्न नहुने भन्दै अन्य सदस्यले आपत्ति जनाएपछि अधिवेशन स्थगित भएको हो।

अधिवेशनको माग गर्दै उपाध्यक्ष मनोजकुमार बस्नेत, सचिव गोपाल ज्ञवाली, कोषाध्यक्ष अर्जुन गुरुङ, सदस्यहरू अब्दुल सहमद मिया, रामबहादुर विक, सञ्जयप्रकाश श्रेष्ठ, अनिल सेञ्चुरी, शेषमणि चौधरी, भीष्म काउचा, सविता विक, सबर मिया र सल्लाहकार दीर्घबहादुर केसीले चैत महिनामा खेलकुद विकास समिति रुपन्देही र नेपाल लनटेनिस संघमा निवेदन दिएका थिए। निवेदन दिएपछि चैत २३ मा अधिवेशन मिति तोकिएको थियो। सो मितिमा अधिवेशन हुन नसकेपछि केन्द्रको आग्रहमा वैशाख १६ गते अधिवेशन आह्वान भएको थियो। अधिवेशनका लागि टेनिस संघले खेलकुद विकास समितिलाई प्रतिनिधिका रूपमा पठाएको थियो।

अधिवेशनको उद्घाटन सत्र चलिरहेका बेला अध्यक्ष गुरुङले सदस्यता विस्तार र कोर्ट निर्माणको रकम दिनुपर्ने माग गरेका थिए। आठौं राष्ट्रिय खेलकुदका लागि देवीनगरमा दुईवटा कोर्ट निर्माणका लागि ७० लाख बजेट विनियोजन भएको थियो। अध्यक्ष गुरुङले कोर्ट निर्माणमा आफ्नो व्यक्तिगत रकम खर्च भएको भन्दै करिब १५ लाख रुपैयाँ संघले जिम्मा लिनुपर्ने बताएका थिए। ‘उपभोक्ता समितिबाट काम गराउँदा बढी रकम खर्च भएको छ, सो रकम संघले जिम्मा लिनुपर्छ’, उनले भने।

संघका बहुमत सदस्यले सदस्यता विस्तारका लागि पूर्वसूचना हुनुपर्ने अडान राखेका छन्। गुरुङ भने कोर्ट निर्माणमा स्थानीय क्लबहरूको सहयोग रहेकाले उनीहरूलाई समेत सदस्यता दिनुपर्ने बताउँछन। रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले आन्तरिक समस्याले अधिवेशन रोकिएको भन्दै समस्या समाधान गरिने बताए। ‘आन्तरिक समस्याले अधिवेशन रोकिएको हो, छलफल भइरहेको छ। समस्या समाधान हुन्छ’, उनले भने।

संघका पदाधिकारी र सदस्यहरूले कोर्ट बनाउन खर्च भएको भनिएको रकमको जिम्मा लिन नसकिने बताएका छन्। कार्यसमिति सदस्य शेषनारायण चौधरीले अध्यक्ष एक्लैले काम गरेकाले त्यसको जिम्मा लिन नसकिने बताए। ‘पहिला हामीलाई जानकारी नै दिनुभएन। अहिले एक करोडजति खर्च भएको छ भनेर हिसाब देखाउनुभएको छ’, उनले भने, ‘यसको जिम्मा लिन सकिँदैन।’

अध्यक्ष गुरुङले हिसाबकिताब नमिलेसम्म अधिवेशन हुन नसक्ने बताए। ‘कोर्ट निर्माणको हिसाब मिलान गरेपछि अधिवेशन गर्छौं’, उनले भने। खेलाडीहरूले संघलाई बलियो बनाउन विवाद अन्त्य गरी अधिवेशन गर्नुपर्ने माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.