जन्मथलोमा भाषाशास्त्रीको सम्झना
इलाम : भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्तिका अवसरमा सोमबार इलामको रोङ गाउँपालिका ५ देवनछापमा स्मरण गरिएको छ। मन्त्री, संसददेखि सर्वसाधारणसम्मले उनको साहित्यिक योगदानको चर्चा गरेका छन्।
भाषाशास्त्री महानन्द सापकोटाको बारेमा पत्रकार चन्द्र भण्डारीले कार्यपत्रमार्फत चर्चाको ढोका खोलेका थिए। उनको पत्रमा मेची क्याम्पस भद्रपुरका प्राध्यापक तारा विविध पौडेलले थपघट गरेका थिए।
प्रदेश नम्बर १ का श्रम रोजगार तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा ,काजीमान कागते, गाउँपालिकाका अध्यक्ष शम्सेर राईलगायतले सापकोटाको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा रोङ गाउँपालिकाले यसै वर्षदेखि भाषाशास्त्रीको नाममा स्थापना गरेका महानन्द छात्रावृत्ति समेत वितरण गरिएको थियो। एसईईमा जीपीए ल्याउने रोङ्ग ५ बहुबन मावबाट उत्तिर्ण गरेका कुबेर पौडेल, कलेज अफमेडिकल साइन्स भरतपुर चितवनमा एम वीवीएस अध्यायन गदै गरेका रोङ्ग ३ मार्सेका नबीन भूजेल र वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्यायनरत रोङ्ग ३ मार्सेकी अनिसा राईलाई नगद ५० हजार हात्रावृत्ति वितरण गरिएको हो।
मन्त्री घिमिरेले भाषाशास्त्री सापकोटाले नेपाली भाषा, साहित्य, संस्कृति र जनजागरणमा अग्रणी भूमिका निर्वाह गरेको बताए। विक्रम संवत १९५३ वैशाख ३० गते इलामको साविक इरौटार गाविसको देवगाउँमा जन्मेका सापकोटाले घरैमा संस्कृतका पुस्तक, रामायण र महाभारतको अध्ययन गरेका थिए।
पछि भारतको दर्जिलिङमा कक्षा ८ मा भर्ना भएर कक्षा १० सम्मको औपचारिक शिक्षा लिएका थिए। सापकोटाको निधन २०३५ साल असार १ मा भएको थियो। देवानछापमा उनको २३ वर्षअघि अर्धकदको शालिक निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !