किसानलाई हाते ट्रयाक्टर

किसानलाई हाते ट्रयाक्टर

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका अगुवा किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । नगर क्षेत्रका कृषक समूहका अगुवा किसानलाई कृषि क्षेत्रमा दिइने अनुदान रकमबाट कृषि औजार खरिद गरेर वितरण गरिएको हो ।

११ वटा कृषक समूहमा आबद्ध किसानहरुलाई खेतबारी जोत्न सहज होस् भन्दै ७५ प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाका प्रमुख मोहन श्रेष्ठका अनुसार किसानहरुलाई हाते ट्याक्टरसहित फ्रुट स्प्रे, माटो ड्रिलिङ मेसिनलगायत वितरण गरिएको छ ।

व्यवसायिक कृषकलाई सहयोग गर्न कृषक समूहमाफर्त संस्थागत सहयोग गरिएको नगरपालिकाले जनाएको छ । कृषि उद्यममा युवालाई आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सदस्य हितराज कार्कीले बताएका छन् । यसअघि नगरपालिकाले मौरी पालक किसानलाई मौरीसहितका घार वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.