चट्याङ लागेर २८ भेडा मरे
बेंसीसहर : लमजुङको दूधपोखरी गाउँपालिका-१ मलेया डाँडामा रहेको घुम्ती भेडीगोठमा चट्याङ पर्दा २८ भेडा मरेका छन् ।गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए।
चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।
चट्याङ लागेर २८ वटा भेडा मरेको पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले जानकारी दिए।भेडा मर्दा झण्डै साँढे ५ लाख बढीको क्षति भएको छ।दूधपोखरी गाउँपालिका-६, र दोर्दी गाउँपालिका-५ का किसानले संयुक्त रुपमा 'पतिपुरे सामुदायिक भेडापालन समूह' गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गरेका थिए। भेडा मर्दा किसान चिन्तित बनेका छन्।
भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन्। दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै आएका छन्। यस भेडीगोडमा ४ जना भेडीगोठाला रहेका छन्।दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन्।