इन्जिनियरको प्रमाणपत्र नक्कली
काठमाडौं : बुढीगंगा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इन्जिनियर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इन्जिनियर चौधरीको प्रमाण पत्र नक्कली भएको भेटिएको हो। नक्कली प्रमाण पत्र पेस गरेर सरकारी सुविधा लिएको भन्दै अख्तिायरले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।