नगर प्रहरी भर्नामा अनियमितता

नगर प्रहरी भर्नामा अनियमितता

दमौली : नगर प्रहरी भर्नामा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेका छन्। नगरपालिकाले दुई जवान तथा एक असईका लागि खुलाएको भर्नाका क्रममा असई नियुक्त भएका व्यक्तिले शारीरिक परीक्षासमेत राम्रोसँग उत्तीर्ण नगरेको भन्दै असन्तुष्टले नगरपालिकामा ताला लगाएर गरेका थिए। भर्नामा आर्थिक चलखेल गरेर अयोग्य व्यक्तिलाई नियुक्त गरिएको भन्दै विरोध गरिएको हो। स्थानीय महादेव गुरुङले आर्थिक प्रभावमा परेर परीक्षा नै उत्तीर्ण नगरेकालाई नगर प्रहरीको प्रमुख बनाइएको दाबी गरे। 

नगरपालिकाले शुक्रबार टाँसेको सूचना अनुसार नगर प्रहरीको असईमा नियुक्त टुरका तामाङ नगरपालिकाको कार्यालय सहायक समेत रहेको र उनको प्रभावमा परेर अयोग्य भए पनि उनलाई नियुक्त गरिएको दाबी गुरुङले गरे। यसअघि आन्तरिक सूचनामा रञ्जित श्रेष्ठ उत्कृष्ट भएको भए पनि अन्तिममा प्रभावमा आएर तामाङलाई नियुक्त गरिएको स्थानीयको भनाइ छ। 

तामाङ नगरपालिकाका योजना शाखाका कर्मचारी शंकर रानाभाट निकट मानिन्छन्। उनको व्यवसायिक साझेदार समेत मानिएका तामाङलाई रानाभाटकै जोडबलमा नियुक्त गरिएको दाबी स्थानीयको छ। 

शुक्रबार कार्यालयमा लागेको ताला प्रहरीले बल प्रयोग गरेर खुलाए पनि असन्तुष्ट पक्षले यस घटनामा निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। ‘परीक्षा नै उतीर्ण गर्न नसक्दा पनि जोडबल गरेर तामाङलाई उत्तीर्ण गराइयो,’ नाम खुलाउन नचाहने एक स्थानीयले भने, ‘यहाँ आर्थिक चलखेलमा काम भएको छ।’ उनले गलत कदम नसच्चिँदासम्म आन्दोलन भैरहने बताए। नगरपालिकाले गठन गरेका विज्ञ टोलीले दिएको नतिजामा रञ्जित तामाङले धेरै अंक पाएको दाबी उनका पक्षधरको छ।  

तर नगरपालिकाका प्रमुख उदयराज गौलीले भने कुनै प्रभावमा आएर नियुक्त नभएको जिकिर गरे। ‘नम्बर कम आएपछि नाम निस्केन भन्नु गलत छ,’ उनले भने, ‘नतिजामा कुनै पक्षधरता लिइएको छैन।’ उनले विज्ञ समितिले नै नतिजा निकालेकाले यसमा आफूहरुको केही संलग्नता अस्विकार गरे। तर यो कुरा मान्न तयार नभएको विरोधमा उत्रिएका स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.