सेलपेको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी'
काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको 'सेलपे' सेवाको ब्रान्ड एम्बेस्डरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) नियुक्त भएका छन्। यो सेवा मोबाइल तथा वेव एप्लीकेसन माध्यमबाट उपयोग गर्न सकिन्छ।
पहिलो पटक पिनलेस टप अप तथा बिल पेमेन्ट सेवा सुरु गर्ने सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकमा सेवा प्रदान गर्न भुक्तानी सेवा सेलपे सुरुवात गर्न लागेको हो।भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली भएको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए।
सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो। विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलमा भुक्तानी, एक बैंकबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनीट्रान्सफर आदि सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकमले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा 'सेलपे' सुरुवात गर्न लागेको हो।
यस्ता छन् विशेषता
कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध गरेपछि तुरुन्तै सम्बन्धित व्यक्तिको बैंकको खातामा संचित रकमबाट निर्देश अनुसार रकम कट्टी भई जसलाई भुक्तानी गरिनुपर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ।
यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानी गर्न सकिनु नै सेलपे सेवाको मुख्य विशेषता हो। उक्त सेवाबाट न्युन शुल्क तथा भुक्तानी रकम तुरुन्तै प्राप्त गरी दोहोरो फाइदा लिने सकिन्छ।