अजय देवगनका पिताको निधन
मुम्बई : चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ। अजय देवगनका पिता वीरु देवगनको ८५ वर्षको उमेरमा सोमबार बिहान हृदयाघातका कारण निधन भएको हो।
केही समयदेखि बिरामी रहेका उनी शान्ताक्रुजको सूर्या हस्पिटलमा उपचाररत थिए। उनको अन्तिम संस्कार सोमबार साँझ ६ बजे बिले पार्लेस्थित घाटमा गरिएको छ। वीरु बलिउडका पुराना द्वन्द्व निर्देशकमध्ये एक हुन्।
उनले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी, मिस्टर नटबरलाल, क्रान्ति, राम तेरी गंगा मैली, आखिरी रास्ता मिस्टर इन्डिया, फूल ओर काँटे, इश्कजस्ता ८० भन्दा ज्यादा चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरेका छन्। सन् १९९० मा उनले निर्देशक निर्माताको रूपमा हिन्दुस्तान की कसम फिल्म बनाएका थिए। एजेन्सी