अमेरिकी राजदूतको गफगाफ सुरु
काठमाडौं : सामाजिक सञ्जालमा सकारात्मक÷नकारात्मक बहस र सरकारसँगको छलफलपछि अमेरिकी दूतावासले ‘राजदूतसँगको गफ–गाफ’ कार्यक्रम सुरुगरेको छ । अमेरिकी राजदूतले गफगाफ गर्ने विषय बाहिर आएपछि सरकार झस्किएको थियो ।
केही सञ्चारमाध्यम र सत्तारुढ दलबाट लाभ लिएकाहरूले कूटनीतिक मर्यदा र ‘भियना कन्भेन्सन’ को विषय समेत उठाएका थिए । सामाजिक सञ्जालमा ठूलै बहस भएको थियो । अन्ततः सरकारले बाहिर भनेको र राजदूतसँग गरेको विषय फरक रहेको पुष्टि सोमबार भएको छ । साच्चै सरकारले रोक्न भनेको भए राजदूतले रोक्नुपथ्र्यो र रोक्थे पनि ।
तर वास्तविकता त्यस्तो थिएन । ‘सामाजिक सञ्जालमा बहस भएपछि सरकारले राजदूतसँग कस्तो कार्यक्रम हो भनेर जानकारी मात्र लिएको हो’, परराष्ट्र अधिकारीले भने, ‘यो विषयमा मन्त्रीहरूले बाहिर के भने त्यो थाहा भएन । यस्तो छलफललाई हामीले ठूलो रूपमा लिएका थिएनौं ।’
‘सानो भन्दा सानो सहयोगमा समेत राजदूतपछिका दूतावास अधिकारीसँग उपप्रधानमन्त्री र मन्त्री उभिएर शिलान्यास÷उद्घाटन गर्दै आएका तस्बिर छापिँदै आएको अवस्थामा यो सामान्य हो’, ति अधिकारीले थपे, ‘रोक्ने नै हो भने सबैतिर रोक्नुपर्छ । आफू पनि त्यही अवस्थामा अडिनुपर्छ ।’
‘हाम्रो भूराजनीति र आन्तरिक राजनीति ख्याल गरिदिनु होला’, परराष्ट्र अधिकारीले भने, ‘अमेरिकी दूतावासले गफगाफ गर्ने विषय सामाजिक सञ्जालमा राखेपछि जानकारी मागेका थियौं । रोक्नु भनेको होइन ।’
राजदूत ¥याण्डी बेरीले सोमबारबाट गफगाफ आरम्भ गरेका हुन् । गफगाफ सुरु भएको विषयमा दूतावास र राजदूत स्वयंले ट्विट गरेका छन् । अमेरिका पढ्न जान चाहनेलाई कस्तो सुझाव दिनुहुन्छ भन्ने एक विद्यार्थीको जिज्ञासाबाट राजदूत बेरीले संवादको सुरु गरेका थिए । गफगाफमा उनले ती विद्यार्थीको जिज्ञासा मेट्ने प्रयास गरेका छन् ।
प्राची नामकी एक विद्यार्थीले अमेरिका पढ्न जानका लागि के सल्लाह दिनुहुन्छ भनेर राजदूतलाई सोधेकी थिइन् ।
सिधै अन्तक्र्रिय नगरी जिज्ञासा राख्नेका जवाफ राजदूतले दिएका छन् । अमेरिकी दूतावासले केही समयअघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे स्पष्ट पारेको थिएन् ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अघिल्लो साता नियमित पत्रकार सम्मेलनमा मर्यादित रहेर कार्यक्रम चलाउने विश्वास सरकारको रहेको बताएका थिए । गफगाफलाई सञ्चारमाध्यमले बंगाएको भन्दै राजदूतले असन्तुष्टि ब्यक्त गरेका थिए ।
राजदूतले जनतालाई भेटेर अन्तक्र्रिया गर्न कूटनीतिक मर्यादा विपरीत हुने भन्दै चौतर्फी आलोचना भएपनि त्यसमा दूतावासले ‘जन कूटनीति’ भन्ने शब्दलाई नभुल्न भन्दै सरकारलाई सुझाव दिएको थियो ।
भियना कन्भेन्सनको समयमा सामाजिक सञ्जाल थिएन । तर, त्यतिबेला पनि हरेक दूतावासले ‘विन्डो’ संवाद गथ्र्यो । अहिले पनि पुराना दूतावासको गेटको छेउमा सानो झ्याल र खोपी देखिन्छ । त्यहींबाट संवाद हुने गरेको छ । त्यतिबेला त्यहाँको खोपी जस्तो सूचना पाटीमा त्यस मुलुकको पत्र, छात्रवृत्ति अवसरलगायतका विषय हुने गरेको थियो । अहिले त्यो कार्य सामाजिक सञ्जालबाट हुन थालेको छ ।