मोबाइल चार्ज गर्नसमेत सदरमुकाम धाउने गाउँमा बिजुली बल्दाको खुसी

मोबाइल चार्ज गर्नसमेत सदरमुकाम धाउने गाउँमा बिजुली बल्दाको खुसी

ओखलढुंगा : सदरमुकाम ओखलढुंगासँगै जोडिएको ज्यामिरे गाउँ बत्तिमुनिको अध्यारोमा थियो। आधा घण्टाको दुरीमा रहेको सदरमुकाम झिलिमिलि हुँदा पनि यो गाउँमा टुकी बाल्नु पर्ने बाध्यता थियो।

लामो समयको प्रतिक्षा र प्रयासपछि गाउँमा बिजुली पुगेको छ। बिजुली पुगेपछि स्थानीय खुसी छन्। दुई वर्षदेखिको प्रयासपछि बिजुली बाल्न पाएपछि यहाँका स्थानीय खुसी छन्।

सिद्धिचरण नगरपालिका ९ ज्यामिरे नगरपालिकाको नजिक र सुगम मानिए पनि यहाँ विद्युत पुगेको थिएन। गाउँमा बिजुली बत्ति नहुँदा बालबालिकालाई पढ्नदेखि घरमा उज्यालो बाल्न निकै कष्ट भएको स्थानीयवासी पहलमान खड्काले बताए।

गाउँमा विद्युत नहँदा मोबाइल चार्ज गर्न समेत सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको उनले बताए। अहिले बिजुली पुगेपछि स्थानीयले घरघरै मोबाइल, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउन थालेका छन्। 

यहाँका दुई सयभन्दा बढी घरधुरीमा टुकीका भरमा जीवन यापन गर्दै आएका थिए। गाउँमा बिजुली आएपछि मुहार नै परिवर्तन भएको स्थानीय टोकल श्रेष्ठले बताए। वर्षाद् र हिउँदमा सोलरले काम नगर्दा अन्धकारमा बस्नु पर्ने बाध्यता टरेको उनले सुनाए।

ज्यामिरेमा बिजुली बाल्ने नेपाल विद्युत प्राधिकरण ओखलढुंगाको प्रयासमा स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने गरेर सघाएका थिए।

सुगम भएर पनि अहिलेसम्म बिजुली नपुग्नु दुःखद् रहेको नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण शाखा रुम्जाटारका प्रमुख सञ्जिव शाहले बताए। निर्वाचनका बेला गाउँमा स्थानीयको माग घरघरमा बिजुली रहेको र आफूले पनि ग्रामीण विद्युतिकरणका लागि सक्दो पहल गरेको वडा नं ९ का वडाध्यक्ष दानबहादुर बानियाँले बताए।

२०० परिवारलाई चालु आर्थिक वर्षमा बिजुली वितरण गरिसक्ने उनले बताए। पहिलो चरणमा ३० घर परिवारमा बिजुली बलेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.