१५ दिनका लागि मुग्लिङ सडकखण्ड अवरुद्ध हुने

१५ दिनका लागि मुग्लिङ सडकखण्ड अवरुद्ध हुने

दमौली :  निर्माण सम्पन्न भएको आर्क पुलका लागि बाटो तयार पार्न मुग्लिङ सडक खण्ड केही दिनका लागि अवरुद्ध हुने भएको छ। सडक विभागअन्र्तगतको मध्य सेक्टर नम्बर २ पुल योजनाले एक सूचना जारी गर्दै नयाँ पुलको दुवैतर्फ सडक कटिङ गरी तयार पार्नुपर्ने भएकाले जेठ १६ गते बिहीबारदेखि जेठ ३० गतेसम्म पुल अवरुद्ध हुने भएको हो।प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म पुल बन्द हुने भएको छ।

यसअघि वैशाखमै निर्माण सम्पन्न भएपनि पुल सञ्चालनमा आउन नसकेको समाचार अन्नपूर्ण अनलाइनमा प्रकाशन भएको थियो पुल तयार पार्ने ठेक्का पाएको इलाइट एड्भेन्चर लोहनी जेभीले तयार पारेको सडकको डिजाइनमा विभागबाट स्वीकृति नआइ सकेका कारण पुलका लागि सडक तयार हुन सकेको थिएन।

तर मंगलबार मात्र विभागबाट ठेकेदारलाई सडक तयार पार्नका लागि अनुमति प्राप्त भएको थियो। सोही अनुसार ठेकेदार कम्पनीले तनहुँ र चितवन प्रशासन तथा स्थानीय सडक डिभिजनलाई पत्राचार गर्दै सडक विस्तार गरिने जानकारी गराएको छ । बिहीबार अघिसम्म डिजाइनको अन्तिमरुप प्राप्त भएपछि काम थाल्ने कम्पनीको तयारी छ।

कम्पनीका सिनियर साइट इञ्चार्ज मोतिलाल शर्माले सकेसम्म यातायात कम प्रभावित हुने गरी काम गर्ने बताए। उनले तोकिएको समयभन्दा अगाडि नै सडक तयार पार्ने लक्ष्यका साथ काम थालिने बताए। सडक तयार भएमा जीर्ण मुग्लिङ पुल विस्थापित हुनेछ।

सो पुलको ठाउँ पुलभन्दा वर तयार भएको आर्क पुलले लिनेछ। देशमै आर्क प्रविधिको यो लामो पुल हो। चिनियाँ प्रविधिको बढी भार बहन गर्न सक्ने पुलको निर्माण र डिजाइनिङ स्वदेशी प्राविधिकले नै गरेका हुन्। 

किन सञ्चालनमा आएन मुग्लिङको 'आर्क' पुल ?


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.