६९ वर्षपछि पदमार्ग सञ्चालन

६९ वर्षपछि पदमार्ग सञ्चालन

पोखरा : ८ हजार भन्दा उच्च हिमालको आरोहण गरेर मौरिस हर्जोगले नेपाललाई विश्वमै चिनाए। तर उनी अन्नपूर्ण हिमाल चढ्दा गएको पर्यटकीय आकर्षणको केन्द्र म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका नारच्याङस्थित अन्नपूर्ण नर्थ बेस क्याम्प भने अझै पनि आन्तरिक तथा वाह्य पर्यटकमाझ गुमनाम छ।

ऐतिहासिक अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्ने सजिलो पदयात्रा मार्ग अझै नबन्दा र प्रचारप्रसार हुन नसक्दा पर्यटकीय आकर्षणको केन्द्र हुँदा हुँदै पनि पछि परेको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए। अन्नपूर्ण हिमालको अरोहण गर्ने हिमाल आरोही सिधै हेलीकप्टरबाट अन्नपूर्ण नर्थ बेसक्याम्प पुग्ने गर्छन्। पदयात्रा गर्ने विदेशी पर्यटक र आन्तरिक पर्यटक माझ यस नर्थ बेस क्याम्पबारे प्रचारप्रसार नहुनु र पदयात्रा मार्ग अझै सञ्चालनमा नआउनुले पछि परेको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण आधारशिविरमा बर्सेनि हजारांै पर्यटक पदयात्रा गर्न पुग्दा म्याग्दीतर्फको अन्नपूर्ण नथ बेस क्याम्प भने गुमनाम छ। २०६७ सालमा नारच्याङका स्थानीयले पदयात्राको सम्भावना अध्ययन गरी २०६८ सालदेखि हुमखोलाबाट अन्नपूर्ण नर्थ आधारशिविरसम्म पदयात्रा मार्ग निर्माण सुरु गरेका थिए। पर्यटन मन्त्रालयले अन्नपूर्ण नर्थ बेस क्याम्पसम्म जाने पदयात्रा मार्ग निर्माणका लागि २०६८ सालदेखि लगातार २०७५÷०७६ सालसम्म आर्थिक सहयोगमा पदयात्रा मार्ग निर्माण सुरु भइरहेको छ।

गत वर्षदेखि अन्नपूर्ण संरक्षण आयोजनाले पोटर सेल्टर बनाउन सहयोग गरिरहेको छ। यसै गरी गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि पदयात्रा मार्ग निर्माणका लागि आर्थिक सहयोग गरेकाले अर्को वर्षदेखि पदयात्रा मार्ग सञ्चालनमा आउने संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष गुरुङले विश्वास गरे।

अन्नपूर्ण संरक्षण क्षेत्रका पदयात्रा मार्ग सडक सञ्जालका कारण घट्दै गएको अवस्थामा अन्नपूर्ण नर्थ बेस क्याम्प पर्यटकका लागि नयाँ केन्द्र बन्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षण अधिकृत तथा सूचना अधिकृत ऋषि बरालले बताए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ हुँर्दै नेपाली पर्यटक ५ दिन र विदेशी पर्यटक ७ दिनमा अन्नपूर्ण नथ बेस क्याम्प सम्म पुगेर आउन सक्ने उनले सुनाए।

यहाँको प्रकृति, भूगोल, अन्नपूर्ण प्रथम, निलगिरि नर्थ, निलगिरि सेन्टर, निलगिरि साउथ, तिलिचो पिक, अन्नपूर्ण फेङ हिमालको सुन्दर दृश्य दृख्न सकिन्छ। विभिन्न प्रजातिका गुराँस, उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूल, हिउँचितुवा, कस्तुरी मृग पनि यहाँ पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत शैलेन्द्र यादवले बताए।

दुर्लभ वन्यजन्तुको संरक्षणको साथै पदयात्रा पर्यटनको विकास गर्ने गरी छिट्टै नै अन्नपूर्ण नर्थ बेसक्याम्प सञ्चालनमा आउने उनले सुुनाए। पछिल्लो समयमा अन्नपूर्ण पदयात्रा मार्ग सडकले विस्थापित भएका छन्। २१ दिन लाग्ने अन्नपूर्ण हिमालको चक्रिया पदयात्रा (बेसीसहरदेखि मनाङ, मुस्ताङ, म्याग्दीको तातोपानी, घोरेपानी, पोखरा) मार्गमा सडक विस्तारसँगै ५ देखि ७ दिनमा झरेको छ।

कास्कीका अन्नपूर्ण आधारशिविर, घान्द्रुक घोरेपानी पनि पदयात्रा मार्ग र धम्पुस लगायत मार्ग सडक विस्तारसँगै छोटिएका छन्। यस्तो अवस्थामा अन्नपूर्ण नर्थ बेस क्याम्प पदयात्रा पर्यटनका लागि उत्कृष्ट हुने चन्द्रबहादुर फगामीले बताए। स्थानीय गाउँलेले नारच्याङ गाउँको पर्यटन विकासका लागि पहाडको पहरा फोरेर पदयात्रा मार्ग बनाउँदै छन्। दुई हप्तादेखि उनीहरू पदयात्रा मार्ग निर्माण गर्न जंगलमै बास बसेका छन्।

समुन्द्रि सतहदेखि ४ हजार ५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा हिमताल छ। यस ताललाई स्थानीयले नारच्याङ पञ्च कुण्डा धामको रुपमा पुज्दै आएका छन्। तालको छेउमै शिव मन्दिर निर्माण भएको छ। गत वर्ष केही भारतीय तिर्थयात्रीसमेत पुगेको स्थानीय चन्द्रबहादुर फगामीले बताए। विसाल हिमताल निकै सुन्दर र आकर्षक छ। भएको छ।’ यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको हो।

अन्नपूर्ण नथ बेस क्याम्को प्रवद्र्धनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय र पत्रकारलाई त्यस क्षेत्रमा लगेर वन्यजन्तु तालिम दिनुको साथै पर्यटन प्रवद्धनबारे फिल्ड भिजिट गराएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.