मध्यमोदीको काम पुनः सुरु

मध्यमोदीको काम पुनः सुरु

कुस्मा : प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले ठप्प बनेको मध्यमोदी जलविद्युत आयोजनाको काम सञ्चालनमा आएको छ। चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको जलविद्युत आयोजना स्थानीयबासीको आन्दोलनले जेठ १२ गतेदेखि बन्द भएको थियो। शुक्रबार आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी. पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रसितनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण कार्य शनिबारदेखि सुरु भएको हो।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयबासीका घरमा क्षति पुगेको भन्दै पूनर्निर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए। मोदी गाउँपालिका वडा नम्बर १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेका गाउँका घर सुरुङका कारण भत्किन थालेपछि स्थानीय आन्दोलित भएका हुन्।

छलफलमा स्थानीयका घरमा पुगेको क्षति भूगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्ति आयोजनाले तत्काल दिने सहमति भएपछि काम सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। पीडित परिवारको घर स्थलगत अनुगमनपछि स्थानीयले काम सुरु गर्न दिन सहमत भएका हुन्।

क्षति पुगेका ६ जना घरधनीले यसअघि नै क्षतिपूर्ति बुझिसकेका छन्। सुरुङमाथि परेका २८ घरपरिवार समस्यामा छन्। घर पुनर्निर्माण स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति यसअघि नै भए पनि आयोजनाले रकम दिन ढिलाइ गरेकाले स्थानीयले पुनः आन्दोलन गरेका हुन्। आयोजनाको काम आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनर्निर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भए पनि लागु नभएकाले ताकेता गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले जानकारी दिए।

सुरुङ निर्माणका क्रममा भएको बिष्फोटले स्थानीयका घर भत्केको हो। विस्फोटका कारण स्थानीय रामकुमारी पोखरेल, मेघराज ढुंगाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मिनकुमारी खत्री, माया खत्री, सावित्री पोखरेल, रामबहादुर खत्रीलगायत १९ परिवारको घरमा क्षति पुगेको स्थानीयको भनाइ छ।

आयोजनाले भने भूकम्प र पराकम्पका कारण कमजोर घर अहिले क्षति भएकाले मागअनुसार क्षतिपूर्ति दिन नसक्ने दाबी गर्दै आएको छ। भूगर्भविदले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको र आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएका थिए। भूगर्भविदले १२ घरमा बढी क्षति भएको, ९ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने ७ घर मात्रै देखाएको आयोजना प्रमुख निरञ्जन राउतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.