अस्पतालमा बैंकको एटिएम

अस्पतालमा बैंकको एटिएम

नुवाकोट : सर्वसाधारणको सुविधाको लागि एक बैंकले नुवाकोट जिल्ला अस्पतालमा एटिएम सेवाको सुरुवात गरेको छ। हिमालयन बैंक लिमिटेड शाखा बट्टार शाखाले विरामी तथा पश्चिमी भेगका सर्वसाधारणलाई लक्षित गरेर नुवाकोटको त्रिशूली अस्पतालमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो।

बैंकले अस्पतालमा आउने बिरामी र त्यस क्षेत्रका ग्राहकलाई सेवा पुर्‍याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको हिमालयन बैंक बट्टार शाखाकी प्रबन्धक नीना प्रधानले जानकारी दिइन्। उनका अनुसार यसबाट विरामी तथा सर्वसाधारणलाई निकै सेवा पुग्नेछ।

हिमालयन बैंकले नुवाकोटको बट्टार, म्यागङ गाउँपालिकाको देउराली र तारकेश्वर गाउँपालिकाको तारकेश्वरमा शाखा सन्चालनमा रहेको छ। अस्पतालमा एटिएमको शुरुवात भएकोमा विरामीका आफन्त र स्थानीयबासीले खुशी व्यक्त गरेका छन्।

बिदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा हिमालयन बैंक लिमिडेटले एटिएम सेवा शुरु गरेसँगै अस्पतालमा आउने बिरामीका आफन्त र कोलोनीका स्थानीयबासीलाई सुविधा पुगेको अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए। हिमालयन बैंकको विदुर नगरपालिकाको बट्टार, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिका तथा वेत्रावतिमा रहेको शाखाबाट दैनिक हजारौं सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.