चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली : घरकै आँगनमा खेलिरहेकी भानु २ भकुन्थोककी एक बालिकाको चितुवाको आक्रमणबाट शुक्रबार राती ज्यान गएको छ। आँगनमा खेलिरहेकी स्थानीय नौ वर्षीया पुष्पा अधिकारीलाई जंगलबाट आएको चितुवाले घिसारेर केही पर लगे पछि आक्रमण गरेको प्रहरीले बताएको छ।

आँगनमै चप्पल छुटेकी अधिकारी बेपत्ता भएपछि परिवारले खोजी गर्दा घरभन्दा पाँच सय मिटर पर जंगलमा मृत भेटिएकी थिइन्। मृतक बालिकाको घाँटीमा चिथोरेको डाम मात्र भेटिएको ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगीले बताए।  

यसअघि पनि भानु नगरपालिकाकै सोही क्षेत्रमा जंगली चितुवाको आक्रमणबाट ज्यान  गैसकेको छ। एउटा चितुवाको हालै मृत्यु भए पनि फेरि आक्रमण हुनुले त्यस क्षेत्रमा धेरै चितुवा रहेको हुनसक्ने देखिएको वन डिभिजन प्रमुख केदार बरालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.