लुभ्रा र पावा
फ्रान्स पुग्ने अधिकांश पर्यटक लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको अर्धकदको चित्र हेर्न लुभ्रा संग्रहालय पुग्छन्। म आफैं चित्रकार भएकाले त्यहाँ जानु स्वाभाविक थियो। फ्रान्समा मोनालिसाको चित्र मात्र होइन, मैले अन्य चित्र पनि हेर्ने मौका पाएँ। अरू प्रकारका कलाकृतिलाई पनि नजिकैबाट नियालेँ। त्यहाँका मूर्तिकलाको स्मृति भने मेरा मन–मस्तिष्कमा अहिलेसम्म ताजै छ। अभूतपूर्व ती कलाकृति हेरी म धेरैबेर रोएकी थिएँ।
सयौँ वर्षअघि ती मूर्तिकला बनाइए। तिनको अवस्थामा अहिलेसम्म पनि ह्रास आएको छैन। मूर्तिकलामा अब्बल फ्रान्स संरक्षणमा पनि उत्तिकै अनुकरणीय रहेछ। त्यसैले कलाका पारखीले त्यहाँका मूर्तिकला हेर्न नछुटाए राम्रो।
मल्लकालीन नेपालमा कलाकृतिले मौलाउने मौका पायो। पारम्परिक आधारमा आधुनिक पद्धति अपनाई बनाइएका कलाकृतिको बजार ठूलो छ। नयाँ पुस्ताले बिर्संदै गएका पौवा चित्रकला हाम्रा मौलिक कलाकृति हुन्। सिनेमा हेराउन, राम्रा ठाउँ घुमाउन लैजाने अभिभावकले आप्mना सन्तानलाई सानै उमेरदेखि यस्ता कलाकृति राखिएका संग्रहालय लैजान आवश्यक छ।