छिनम पहाड, छिनम तराई
छिनमा मान्छे आफ्ना हुन्छन्, छिनमै पराई
हावाले जता लान्छ, उतै बहकिन्छन्
कहिले गनाउँछन्, कहिले महकिन्छन्
चरबिनाको घर जस्ता मान्छे भए लुरा
निर्घिनी व्यवहार, तर गर्छन् बुद्धका कुरा
छिनमा...
सज्जन पाखा लाग्छन्, दुष्ट ठूला बनी बाँच्छन्
मान्छे अचेल संगीतबिनै कम्मर मर्काई नाच्छन्
देख्छन् छिनमै, सेतोलाई कालो कालोलाई सेतो
मिथ्याको सिकार हुन्छन् यहाँ सबै पालै पालो
छिनमा...