राजसंस्थादेखि विप्लव अटाउने प्रजातन्त्र आवश्यक : कमल थापा

राजसंस्थादेखि विप्लव अटाउने प्रजातन्त्र आवश्यक : कमल थापा

बागलुङ : राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता औंल्याएका छन्। उनले त्यसका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन्। मिडिया नेपालले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निषेधको राजनीतिले शान्ति र लोकतन्त्र धरापमा पर्ने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र पुर्नस्थापना, राष्ट्रिय अखण्डता र भ्रष्टाचार नियन्त्रणका लागि सञ्चालन गरेको हिन्दु जागरण राष्ट्रिय स्वाभिमान यात्राका क्रममा थापा शनिवार बागलुङ आएका थिए।'हामी फरक मत राख्दा राख्दै संविधानलाई शिरोपर गरेर हिँडेका छौं, अरुले भनेजस्तो प्रतिगमनतर्फको हाम्रो बाटो होइन,' उनले भने, ' पुरानो व्यवस्थामा फर्कने भन्ने हाम्रो एजेण्डा होइन, सहमति र सम्झौताको व्यवस्था हो।'

अध्यक्ष थापाले गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको बताए।भारतको सहारामा १२ बुँदे गर्दा  राष्ट्रियता कमजोर बनेकाले अब सरकारले मुलुकलाई एकतावद्ध गर्ने गरि विप्लव नेतृत्वको नेकपा देखी राजसंस्था, हिन्दु धर्मको एजेण्डा बोक्ने राप्रपाको माग सम्बोधन गर्न गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिए। 

पछिल्लो समय चर्चा र विवादमा रहेको मिडिया काउन्सिल विधयेक संविधानको पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्मविपरित रहेकाले तत्काल संशोधन गर्न आवश्यक रहेको उनको भनाई थियो।उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको स्वीकार गर्दै राप्रपाले अब सत्ता केन्द्रित राजनीति नगर्ने समेत प्रतिवद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.