गुठी विधेयकविरुद्धको प्रदर्शनमा पानीको फोहरा (फोटो फिचर)
काठमाडौं : माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेमाथि प्रहरीले हस्तक्षेप गरेको छ। गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि आइतबार दिउँसो प्रहरीले पानीको फोहोरा हानेर हस्तक्षेप गरेको हो।
गुठी विधेयकका कारण सनातन धर्म र संस्कृतिमाथि आक्रमण भएको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले मण्डलामा प्रदर्शन गरेका थिए। सुरुमा मण्डलामै बसेर प्रदर्शन गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधि विस्तारै सडकमै निस्किएका थिए। प्रदर्शनका क्रममा सडकमै सुतेपछि प्रहरीले बल प्रयोग गरेको हो।
पटकपटक सम्झाउँदासमेत सडकमा सुतेका प्रदर्शनकारी नउठेपछि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।
हेर्नुस्, प्रणव खत्रीले खिचेका तस्बिर :